साना । यमनमा करिब चार महिनादेखि फैलिएको हैजाबाट २ हजार जनाभन्दा बढीको मृत्यु भएपछि यहाँको सरकारले विश्व स्वास्थ्य संगठनको सहयोगमा हैजा नियन्त्रण विशेष अभियान सुरु गरेको छ ।
गएको अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या २ हजार १ सय ५१ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले हालै जनाएको थियो । यहाँको अवस्था यत्यन्तै नाजुक रहेकोले हैजा नियन्त्रणका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । प्राय सबैजसो प्रान्तमा हैजाको किटाणू पाइएको बताइएको थियो । हैजाबाट आठ लाख भन्दा बढी नागरिक प्रभावित भएका थिए । विश्व स्वास्थ्य संगठनको विशेष पहलमा यहाँ यो कार्यक्रम सञ्चालन गरिएको हो । हैजाको प्रकोप फैलिएका प्राय स्थानहरु हुथी विद्रोहीको नियन्त्रणमा रहेका छन् । रेडक्रसको अन्तरराष्ट्रिय समितिले ती स्थानमा औषधि वितरण, स्वस्थ पानीको बारेमा जनचेतना अभिबृद्धि कार्यक्रम, सरसफाई र अस्पतालमा शैयाबृद्धि तथा स्वास्थ्य कार्यकर्ताहरुको उपलब्धताजस्ता कार्यक्रमहरु सुरु गरिएको बताइएको छ । यमनमा साढे दुई वर्षदेखि युद्ध चलिरहेको छ । युद्धका कारण खानेपानी तथा सरसफाई सम्वन्धी संरचना क्षतिग्रस्त भएका छन् । त्यसैगरी आधाभन्दा बढी स्वास्थ्य सेवासम्वन्धी संरचना पनि सेवा प्रवाह गर्न नसक्ने अवस्थामा रहेका छन् । लामो समयदेखिको यहाँको द्वन्द्वका कारण स्वास्थ्यका संरचनाहरुमा क्षति पुगेको र नागरिकलाई आधारभूत स्वास्थ्य सेवा र सुरक्षित खानेपानीको पनि उपलब्धता हुन नसकेका कारण यस्तो अवस्था आएको अधिकारीहरुको भनाई छ । हुथी विद्रोहीको नियन्त्रणमा रहेका ती क्षेत्रहरुमा दाताहरुले पनि सहायता उपलब्ध गराउन सकेका छैनन् । यसका कारण हैजाका साथै विभिन्न अरु पानीजन्य रोगहरु बालबालिकामा बढी देखा परेको छ ।aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: