Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

अब एचआइभी संक्रमित र संक्रमणको जोखिममा रहेकालाई समेत निःशुल्क औषधि दिइने

 

\"\"चितवन  । एचआइभी संक्रमितलाई दिइदै आएको एआरटी औषधि अब संक्रमणको जोखिममा रहेकाले पनि पाउने भएका छन् ।

रगत परीक्षण गरी सिडीफोर भन्ने तत्वको मात्रा कम भएमा मात्रै औषधि दिने व्यवस्थालाई परिवर्तन गरी सबै संक्रमित र संक्रमणको जोखिममा रहेकालाई समेत निःशुल्क औषधि दिने व्यवस्था गरिएको हो । संक्रमितले देशका विभिन्न ६८ स्थानमा रहेका एआरटी सेन्टरबाट निःशुल्क औषधि सेवन गर्न पाउने भरतपुर अस्पतालमा रहेको एड्स हेल्थकेयर फाउण्डेशन (एएफएच) नेपालका वरिष्ठ क्षेत्रीय परियोजना संयोजक कृष्णहरि सापकोटाले बताए । उनका अनुसार संक्रमण भएको प्रमाणित भएलगत्तै र संक्रमणको जोखिममा परेकालाई औषधि दिइने छ । यसअघि रगतमा सिडिफोरको मात्रा कम भएमा मात्रै औषधि दिने व्यवस्था थियो । भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टरका प्रमुख डा उन्नत श्रेष्ठका अनुसार एचआइभीको जोखिम रहेकालाई पनि औषधि दिने व्यवस्था सरकारले गरेको छ । श्रेष्ठले भने “कोही व्यक्ति संक्रमित छैन तर उसले यौन सम्पर्क गर्ने साथी एचआइभी संक्रमित छ भने त्यस्तो व्यक्तिलाई औषधि दिन सकिन्छ ।” त्यस्तो व्यक्तिले औषधि खाएमा संक्रमण हुने नसक्ने नभई खतरा कम हुने श्रेष्ठले बताए । संक्रमित नभएका तर समलिंगी यौन व्यवहार गर्ने, यौनकर्मी, बलात्कारमा परेकालाई यो औषधि दिन सकिने श्रेष्ठले बताए । त्यस्तै संक्रमितको सम्पर्कमा आएर आफूलाई पनि संक्रमण भयो कि भन्ने आंशका गर्नेलाई पनि औषधि दिने नीति बनेको उनले बताए । बलात्कृत भएमा वा अन्य कारणबाट संक्रमित भएको शंका लागेमा ७२ घण्टाभित्र चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्ने उनले बताए । लगातार २८ दिन औषधि खाएपछि जोखिम कम हुने उनको भनाइ छ ।“यसरी औषधि खाँदा संक्रमत हुँदै हुँदैन भन्ने होइन, संक्रमण हुने सम्भावना कम रहन्छ ।” भरतपुर अस्पतालमा सन् २००७ देखि एआरटी सेन्टर शुरु भएको हो । त्यसयता गत सेप्टेम्बर ३० सम्म सो सेन्टरमा १ हजार ४ सय ६९ जना एचआइभी संक्रमितले नाम दर्ता गराएका छन् । तीमध्ये ७ सय ४८ जनाले त्यहीबाट नियमित औषधि खाइरहेको एएफएच नेपालका वरिष्ठ क्षेत्रीय परियोजना संयोजक सापकोटाले जानकारी दिए । नेपालमा ३२ हजार ७ सय ३५ जना एचआइभी संक्रमण भएको अनुमान गरिएको छ । सन् २०१६ सम्म १८ हजार १३० जना संक्रमित रहेको प्रमाणित भएको सापकोटाले बताए । तीमध्ये १३ हजार ६९ जनाले एआरटी सेवा लिएका छन् । सरकारले जोखिममा रहेकाको परीक्षण गर्ने, परीक्षणबाट एचआइभी संक्रमित भएको भेटिएमा उपचार शुरु गर्ने र सन् २०३० सम्म एचआइभीलाई निर्मूल बनाउने योजना बनाएको छ । वैदेशिक रोजगारी, खुल्ला सीमा, संक्रमित पत्ता लागेर पनि नियमित औषधि खान नमान्नुजस्ता कारण एचआइभी संक्रमण घटाउन समस्या भइरहेको जानकारहरु बताउँछन् । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy