Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु, ‘लाइभ’ शल्यक्रिया चल्दै

\"\"चितवन । चितवनमा आजदेखि क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ ।

सार्क फेडेरेशन अफ अंकोलोजिस्ट नेपालको आयोजनामा विश्वका विभिन्न देशका विशेषज्ञ चिकित्सकहरुको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको सम्मेलन आयोजक समितिका सचिव डा उमेश नेपालले जानकारी दिए । बिहान १० बजेदेखि शुरु भएको सम्मेलनमा अहिले ‘लाइभ’ शल्यक्रिया चलिरहेको डा नेपालले बताए । चितवनको क्यान्सर अस्स्पतालको शल्यक्रिया कक्षमा क्यान्सरको शल्यक्रिया भइरहेको र प्रविधिमार्फत सम्मेलन हलमा विज्ञहरुले प्रत्यक्षरुपमा अध्ययन र अवलोकन गरिरहेका छन् । शल्यक्रियाको पद्धतिबारे प्रत्यक्ष हेरेर अनुभव आदानप्रदान हुने विज्ञहरुले बताएका छन् । दुई वटा हलमा शुरु भएको सम्मेलनको अर्काे हलमा भने भारतका विज्ञ प्राध्यापक डा राजेश चन्दवानीले आफ्नो अध्ययन र अनुभवको विषयमा कार्यपत्र प्रस्तुत गरी सो विषयमा छलफल भइरहेको डा नेपालले बताए । आज दिउँसो दोस्रो सत्रमा विभिन्न विज्ञबाट छ वटा कार्यपत्र प्रस्तुत भई छलफल हुने कार्यक्रम रहेको स्थानीय आयोजक समितिका संयोजक डा भोलाप्रसाद रौनियारले जानकारी दिए । यही कात्तिक १८ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न देशका गरी ३ सय विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको छ । जसमा २० जना विज्ञ विदेशबाट सहभागी भएका छन् । सम्मेलनमा नेपालसहित भारत, चीन, श्रीलंका, बंगलादेश, सिंगापुर, क्यानडा, टर्की र अमेरिकाका विशेषज्ञहरु सहभागी रहेको डा रौनियारले बताए । सम्मेलनमा देशविदेशमा क्यान्सर रोगको उपचार पद्धतिका विषयमा अनुभव आदानप्रदान गरी विश्वमा भएका नयाँ उपचार प्रविधिका बारेमा जानकारी आदानप्रदान हुने जनाइएको छ । राजधानी बाहिर सम्मेलन पहिलोपटक चितवनमा आयोजना भएको हो । सम्मेलनको औपचारिक उद्घाटन भोलि शुक्रबार क्यान्सर रोग लागेर निको भएकी अभिनेत्री मनिषा कोइरालाले गर्ने जनाइएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies