Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

वागीसहित सल्यानमा मनोनयन दर्ता


\"\"सल्यान । दोस्रो चरणमा हुने संघ र प्रदेशको निर्वाचनका लागि सल्यानमा वामगठवन्धन विरुद्ध वागी उमेद्वारी परेको छ । बामगठबन्धनका विरुद्ध माओवादीका चार नेताले बागी उम्मेदवारी दिएका हुन् । बाम गठबन्धनबाट प्रतिनिधि सभामा मनोनयन दर्ता गराएका माओवादी केन्द्रका टेक बहादुर बस्नेतका विरुद्ध माओवादीकै उमाकान्त शर्मा र ज्ञान बहादुर ओलीले उम्मेदवारी दिएका हुन । यस्तै प्रदेश सभाको (क) बाट एमालेको तर्फबाट उम्मेदवार बनेका गुलाव जंग शाहका विरुद्ध माओवादीका नेता भीम प्रकाश शर्मा र माओवादीकै धर्मे बुढाथोकीे र (ख) क्षेत्रबाट एमालेका प्रकाश ज्वाला बामगठबन्धनका विरुद्ध माओवादीका जीत बहादुर पुनले बागी उम्मेदवारी दिएका छन । मुख्य निर्वाचन कार्यालय सल्यानका अनुसार बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा माओबादी केन्द्रका टेक बहादुर बस्नेतले मनोनयन दर्ता गरेका छन । प्रदेश सभाका लागि बाम गठबन्धनबाट सल्यान निर्वाचन (क) बाट नेकपा एकालेका गुलाब जंग शाह (ख) बाट नेकपा एमालेका प्रकाश ज्वालाले मनोनय दर्ता गरेका छन । यसैगरी कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका लागी राजेन्द्र बहादुर शाहले आफ्नो मनोनयन दर्ता गराएका छन । प्रदेश सभाको लागि नेपाली काँग्रेसले प्रदेश (क) बाट एक राज डिसि र (ख) क्षेत्रबाट डिल्ली राज रेग्मीले मनोनयन दर्ता गराए । राप्रपाको तर्फबाट संघमा गणेश भण्डारी र प्रदेश तर्फ क्षेत्र नम्बर (क) मा बालाराम शर्मा र (ख) मा राजेन्द्र विर राइको उम्मेद्वारी परेको छ । नेकपा मालेमा संघमा बल बहादुर गिरी प्रदेश तर्फ क्षेत्र नम्बर (क) मा टेप बहादुर रोका र (ख) मा हिमलाल बुढाथोकीको उम्मेद्वारी परेको छ । राष्ट्रिय जनमुक्ति पार्टीबाट संघमा खड्क बहादुर पुन तथा प्रदेशको क्षेत्र नम्बर (ख) मा डण्डविर पुनको उम्मेद्वारी परेको छ । जिल्लामा शान्तीपूर्ण रुपमा उमेद्वारी दार्ता सकिएको मुख्य निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।सरिता चलाउने  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy