प्रधानमन्त्री देउवासँग ६ जना भिड्दैः खगराज भट्ट भन्छन्-यो पटक जितेरै छाड्छु
कार्तिक २२ गते, २०७४ बुधवार 8th November, 2017 Wed०९:४०:११ मा प्रकाशित
डडेल्धुरा । चुनाव आउन एक महिनामात्रै बाँकी रहँदा डडेल्धुरा जिल्ला सदरमुकामसँगै गाउँबस्तीमा समेत चहलपहल बढेको छ ।
डडेल्धुरास्थित ठूला राजनीतिक दलका झण्डा र पर्चा पम्पलेटले सदरमुकाम बागबजार भरिभराउ भएको छ । झण्डा र पर्चा पम्पलेट र ब्यानरले जिल्ला सदरमुकामजस्तै गाउँबस्ती पनि रंगिचंगी भएका छन् ।
लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि चार पटक डडेल्धुराबाट लगातार चुनाव जितेका प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौँ पटकका लागि चुनाव लडिरहेका छन् ।
वाम घटकबाट नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य खगराज भट्ट प्रधानमन्त्री देउवासँग तेस्रो पटक चुनावी प्रतिष्पर्धा गरिरहेका छन् । माओवादी युद्धकालदेखि नै राजनीतिमा प्रवेश गरेका भट्ट यसपालि प्रधानमन्त्री देउवाको प्रभावक्षेत्र मानिएको डडेल्धुरामा आफ्नो जित निश्चित रहेको बताउँछन् ।
यसभन्दा पहिले २०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा माओवादीका पोलिटोब्यूरो सदस्य भट्ट अत्यधिक मतको फरकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवासँग चुनावमा हार ब्योहोरेका थिए ।
त्यसैगरी, प्रतिनिधि सभा निर्वाचनमा देउवासँग पटकपटक हार ब्योहोर्दै आएका जनमोर्चाका लालबहादुर जाग्री र स्वतन्त्रतर्फबाट कर्णसिंह रावलले पनि प्रतिष्पर्धा गर्ने देखिएको छ । जनमोर्चाका जाग्री जिल्ला अध्यक्ष हुनका साथै केन्द्रीय कार्य समितिमा बसेर राजनीतिमा दख्खल राख्ने नेतामा पर्छन् ।
प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री देउवासँगै डडेल्धुरामा छ जनाले चुनाव लड्ने भएका छन् । चुनावी प्रतिष्पर्धामा स्वतन्त्रबाट लगातार चुनाव लड्दै आएका कर्णसिंह रावल पनि फेरि चुनावी अभियानमा लागेका छन् । छ जनामध्ये रावल एकमात्र स्वतन्त्र उम्मेदवार छन् । उनले पनि आफूलाई मतदान गर्न मतदातालाई आग्रह गरिरहेका छन् ।
त्यसैगरी, नेपाल दलित पार्टीबाट रमेश टमटा र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट लक्ष्मीदत्त भट्ट चुनावी मैदानमा रही प्रचारप्रसारमा लागेका छन् । चुनावको मिति नजिकिएसँगै डडेल्धुरा सदरमुकाम र गाउँबस्ती पनि झण्डा र पोष्टरले भरिएका स्थानीयको भनाइ रहेको छ । गाउँगाउँमा पार्टीका झण्डा र पोष्टरले रंगिन भएको परशुराम नगरपालिकाका स्थानीयबासी डम्बर कामीले जानकारी गराए ।
दुईवटा प्रदेश रहेको डडेल्धुरामा पहिलो प्रदेशबाट नेपाली काँग्रेस र वाम एकताका गरी चारजनाले प्रतिष्पर्धा गरिरहेका छन् भने दोस्रोमा काँग्रेस र वाम एकतासँगै चारजना चुनावी दौडमा रहेका छन् । राप्रपा र नयाँ शक्ति नेपालले भने सोमबार नै काँग्रेसलाई समर्थन गर्ने गरी मनोनयन फिर्ता लिएका छन् ।
डडेल्धुरामा स्थानीय निकायको चुनावी परिणामलाई हेर्दा लोकतान्त्रिक गठबन्धन काँग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा र वाम घटकबाट माओवादी केन्द्रका भट्टको प्रतिष्पर्धा रहने देखिन्छ ।
डडेल्धुरामा प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि प्रदेश नं १ मा ३८ मतदानस्थल रहेका छन् भने ५९ मतदान केन्द्र रहेका छन् । त्यसैगरी, प्रदेश नं २ मा ३९ मतदानस्थल रहेका छन् भने ५८ वटा मतदान केन्द्र रहेका निर्वाचन कार्यालय डडेल्धुराका प्रमुख कृष्णसिंह नायकले जानकारी गराए । स्थानीय निर्वाचनभन्दा करिब पाँच हजार ९५२ मतदातासमेत बढेको निर्वाचन कार्यालयले जनाएको छ ।
सातवटा मतदान केन्द्र थप भएका छन् । आलिताल गाउँपालिकामा तीन, अमरगढी नगरपालिकामा तीन र परशुराम नगरपालिकामा एक गरी मतदान केन्द्र थप भएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका प्रमुख नायकले जानकारी गराए । प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा डडेल्धुराबाट ८१ हजार ७३२ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रदेश नं १ मा ४० हजार ४० र प्रदेश नं २ मा ४१ हजार ७३२ जना मतदाता रहेका छन् । डडेल्धुरा जिल्लाका ७७ मतदानस्थलका ११७ मतदान केन्द्रमा चुनावी चहलपहल बढेको छ । आआफ्ना पक्षमा वा चुनाव चिह्नमा मत माग्न उम्मेदवार तथा कार्यकर्ता लागि परेका छन् । रासस
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: