Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

साइवर अपराध र सञ्चारमाध्यम बिषयक अन्तरक्रिया सम्पन्न

\"\"काठमाडौं । प्रेस काउन्सिल नेपालको आयोजनामा साइवर अपराध र सञ्चारमाध्यम बिषयक अन्तरक्रिया सम्पन्न भएकाे छ । कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले विश्वका अन्य देशका तुलनामा नेपालमा प्रेस स्वतन्त्रता धेरै, संविधानमा पनि व्यवस्था छ तथापि स्वतन्त्रता असीमित नहुने भन्दै राज्यले बनाएको कानुन र हामीले बनाएको आचारसंहिता पालना नगरे त्यहीबाट स्वतन्त्रताको उल्लघंन हुने बताए । उनले विधि–कानुनको खिल्ली उडाउनु, अराजक बन्नु, साँढे बन्न खोज्नु पत्रकारिता होइन अराजकता हो भने। राजधानीबाट प्रकाशित हुने साप्ताहिक दिशानिर्देश र उपत्यका दैनिकप्रति लक्षित गर्दै उनले त्यसप्रकारको प्रवृतिलाई रोक्नुपर्ने धारणा राखे। प्रेस काउन्सिल ऐन, २०४८ अनुसार पत्रकारिताको बिषयवस्तुको अनुगमन गर्ने, उजुरीउपर सुनुवाई गर्ने र न्याय दिने निकाय भएकोले काउन्सिलका निर्णयमा मन्त्रीले रोक्न, अदालतले रोक्ने काम जायज नहुुने अध्यक्ष श्रेष्ठको तर्क छ । केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख डिआईजी पुस्कर कार्कीले उच्च ओहोदाका व्यक्ति, सेलीब्रेटीका व्यक्तिगत बिषयमा देश तथा विदेशबाट सञ्चालित अनलाइन पोर्टलबाट सार्वजनिक बेइज्जत, लाञ्छना लगाउने गरी बिषयबस्तु प्रसारित हुने गरेको र त्यस्ता अतिरञ्जित बिषयमा कानुनबमोजिम आवश्यक छानविन गरिने गरेको भन्दै साइवर कानुन संशोधन गर्नु अत्यावश्यक रहेको बताउनुभयो । केशको प्रकृति हेरेर पत्रकारिताको दायराभित्र नवस्नेलाई आवश्यक कारवाही हुने उनकाे भनाइ छ। शुभदिन डटकमका अशोक अधिकारीले अनलाइनकाे उचित व्यवस्थापन आवश्यक रहेको बताए । त्यस्तै अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्याल र पूर्व अध्यक्ष प्रवेश सुवेदीले प्रविधिले ठूलो छलाङ लगाएको र त्यो स्तरमा वहस हुनुपर्ने, अनलाइन पत्रकारिता र साइवर क्राइम फरक भएको उल्लेख गरे । प्रेस काउन्सिल नेपालका सदस्य इश्वरीप्रसाद ओझाले कान्छो पुस्तामा अनलाइन सशक्त माध्यम भएको र यसलाई व्यवस्थित र मर्यादित गर्नका लागि राज्यले बनाएको कानुन र पत्रकार आफैंले निर्माण गरेको आचारसंहिताको अक्षरस पालना गर्नुपर्नेमा जोड दिए । सो अवसरमा प्रेस काउन्सिलका मिडिया अनुगमनकर्ता टिकाराम सुनारले काउन्सिलको कामकारवाही सम्वन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy