Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

समानताका नारा लगाउने दलबाटै दलितलाई उपेक्षा

\"\"काठमाडौं । आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचीमा दलित लाइ उपेक्षा गर्दै दलहरूले दलित कोटामा गैर दलितलाई पठाएका छन । दलित समुदायका लागि हामी र हाम्रो दल जहिले पनि लड्दै आएको छ भन्ने दलहरूले नै दलितलार्इ उपेक्षा गरि गैर दलित पठाउने दलहरुका विरुद्ध शुक्रबार दलित समुदायको नेतृत्व गर्दै सचेत दलित यूवाहरुले निर्वाचन अयोगसमक्ष दावी विरोध दर्ता गराएका छन् । निर्वाचन आयोगले प्रकाशित गरेको सूचीमा अधिकांस दलले दलित कोटामा गैर दलितलाई भरेको, केही दलहरुले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन ऐन,२०७४ मा उल्लेखित दलित कोटाभन्दा कम सूची बुझाएको भन्दै उनीहरूले दावी विरोध गरेका हुन्। विभिन्न दल सम्वद् दलित युवाको अगुवाईमा अधिकारकर्मी सहेक बिश्वकर्मा सहितको टोलीले आयोगको ध्यानाकर्षण गराएका छन । आक्रोषीत दलित युवाहरूले बुझाएको दावि विरोध सहितको ध्यानकर्षण पत्र बुझ्दै निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेले नियम विपरीत दलहरुले दर्ता गराएको सूची माथि आवश्यक कार्यवाही प्रक्रियामा गएर टुङ्गयाउने बताएका छन्। निर्वाचन ऐन, २०७४ मा दलले उम्मेदवारको बन्दसूची तयार गर्दा भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिई जनसङ्ख्याको आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिम समेतको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्त बमोजिम तयार गर्नु पर्ने उल्लेख गरिएको छ। तर निर्वाचन एेन, अनुसीची १ अनुसार दलित कोटा १३.८ प्रतिशत अर्थात प्रतिनिधिसभामा १५ जना दलितको नामावली बुझाउनु पर्ने हो। त्यो अनुसार दलहरुले बुझाएका छैनन् । दलित कोटामा गैर दलितलाई सूचिकृत नगरिएको प्रति दलित अधिकारकर्मी भोला पासवानले खेद प्रकट गर्दै भने मुक्ति र समान्ताका लागि लडाई लडेर आएको दलमा त दलितलाई उपेक्षा गरिएको छ भने अरुदलमा त कल्पना पनि गर्न सकिदैन त्यसैले हामीले विरोध गरेका हाैं । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेसले बुझाएको सुची हेर्दा नै प्रष्ट हुन्छ उनले भने । दलहरूका विरूद् लक्षित ध्यानाकर्षण पत्रमा भनिएको छ, राजपा नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ वर्खिलाप सूची बुझाउनु निर्वाचन कानुन विपरीत हो। राजपा नेपालले ११० जनामा १० जना दलितको सूची मात्रै बुझाएको छ । प्रतिनिधिसभामा बुझाउनु पर्ने संख्या भन्दा ४ जना कम दलितको नाम राखेको र प्रदेश नम्बर २ मा १७.२८ प्रतिशत दलित भएपनि १ जना दलितलाई सूचीमा समावेश राजपा नेपालले नगरेको उल्यख छ । यो संविधानको धारा ४०को उपधारा (७)मा दलित समुदायलाई यस धाराद्वारा प्रदत्त सुविधा दलित महिला, पुरुष र सबै समुदायमा रहेका दलितले समानुपातिक रूपमा प्राप्त गर्ने गरी न्यायोचित वितरण गर्नु पर्नेछ भन्ने गरिएको व्यवस्थाको विरुद्ध हो ध्यानाकर्षणमा भनिएको छ। तसर्थ यस धारा अनुसार ‘मधेसी दलितको जनसंख्याको अधारमा बन्द सूचिमा नाम समावेश गर्न लगाउँनका लागि हामीले दावीबिरोध गरेका हौ’ दलित अगुवा दीपक सोनीले बताए । निर्वाचन आयोगले १७ कार्तिक २०७४मा प्रकाशित गरेको उक्त सूचीमा केही दलले दलित कोटामा गैर दलितलाई समेटेको र केही दलहरुले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन,२०७४मा उल्लेखित दलित कोटाभन्दा कम सूची बुझाएकोले दलित यूवाहरुले यसको विरोध गर्दै दावी विरोध गरेका हुन्।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy