Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

उर्लियो अनिल शर्मालाई युवाहरुको समर्थन

\"\"काठमाडौं । समग्रमा हेर्ने हो भने काठमाडौं क्षेत्र नम्बर १ मा १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरुको संख्या ६० प्रतिशत छ । यस्तो अवस्थामा बामगठबन्धनका उम्मेदवार अनिल शर्मालाई पछिल्लो समय युवाहरुको साथ, सहयोग र समर्थन अकल्पनीय रुपमा बढ्दो छ । उमेरले ३५ वर्ष पनि नकाटेका युवा नेता शर्माले काठमाडौं १ बाट टिकट पाउँदा समग्र युवाहरुको आन्दोलन, युवाहरुको दृष्टीकोण, आकर्षण र उत्साहलाई एकदम सोचनीय रुपमा हेरिएको छ । अहिले सामाजिक सञ्जालमा निकै नै युवालाई नेतृत्व दिनुपर्छ भन्ने माग भइराखेको बेला अनिल शर्माको यो उम्मेदवारीलाई देशव्यापी रुपमा समर्थन प्राप्त भइरहेको छ । केही दिनअघि मात्र शर्माले अप्रत्यक्ष रुपमा अब पनि युवालाई नेतृत्वमा अघि नल्याउने र विश्वास नगर्ने हो भने– यो देशले कहिल्यै पनि आफ्नो मुहार परिवर्तन गर्न नसक्ने दावी गरेका थिए । शर्माले मतदाताहरुसँग अनुरोध गर्दै भने, ‘देशमा युवा नेतृत्व भएन भन्ने, अनि उनले (आफ्नो उम्मेदवारलाई इंगित गर्दै) यसरी आएको अवसरलाई तपाईंहरुले सदुपयोग नगर्ने हो भने, त्यो गुनासोको कुनै अर्थ रह्यो र ? त्यसैले पनि मेरो उम्मेदवारीलाई यो देशको र विशेष गरी यो काठमाडौं क्षेत्र नम्बर १ को काँचुली फेर्ने युवा पुस्ताको उम्मेदवारीको रुपमा चित्रित गर्न जरुरी छ ।’ वास्तवमै शर्माले भनेजस्तै एकपटक उपप्रधानमन्त्री पटक–पटक मन्त्री भइसकेका प्रकाशमान सिंह ६२ वर्ष पुगिसकेका छन् भने ७ महिना अघि मात्रै बिबिसि नेपाली प्रमुखबाट राजीनामा दिएर राजनीतिमा होमिएका रविन्द्र मिश्र पनि उमेरले ५२ पुगिसकेका छन् । गणेशमान सिंहका छोरा भनेर नै आफ्नो राजनीति टिकाइरहेका प्रकाशमानलाई उनी को हुन् भनेर गणेशमानको लौरो भनेर चिनिने नेपाली कांग्रेस विपीका केन्द्रीय सभापति हरिबोल भट्टराईले केही समयअघि मात्रै एक अन्तर्वार्तामा भनेको भनाईले चित्रित गर्दछ । भट्टराईले भनेका छन्, ‘प्रकाशमान सिंह न विचारमा सक्षम छन्, न कार्यशैलीमा । उनी सक्षम छन् त केवल बुबाको नाम बेच्न र आफूलाई पुग्दो भइकन पनि अपारदर्शी सम्पति कमाउन ।’ प्रकाशमान को हुन् भनेर अझ बढि जान्न मन लागे– काठमाडौं क्षेत्र नम्बर १ को विकास र त्यहाँको जनताको उनीप्रतिको असन्तुष्टिले पुष्टि गर्दछ । अर्का अकंल पात्र हुन्– रविन्द्र मिश्र । जो बारम्बार आफ्नो पार्टी युवाको पार्टी भएको जिकिर गर्दै आइरहेका छन् । मिश्रको पार्टीमा पनि भागबन्डा नमिलेर नै होला– अहिले उक्त पार्टीमा २ जना संयोजक छन् । जुन विश्व राजनीतिमा विरलै देख्न पाइन्छ । साँच्ची नै मिश्र युवालाई अघि बढाउन चाहन्थे भने– किन पार्टीको संयोजक उज्जवल थापालाई दिन सकेनन् ? यो अहिले आम जिज्ञासाको विषय बन्न पुगेको छ राजनीतिक रुपमा सचेत युवाहरुको लागि । ‘पार्टीको संयोजक युवालाई दिन नसक्ने रविन्द्र मिश्र कसरी युवाको पक्षमा हुनसक्छन् ?’ बानेश्वरका एक युवाले भने । ‘उनको विज्ञता राजनीति होइन् । उनलाई राजनीतिमा पोख्त हुन अझै कम्तिमा १० वर्ष लाग्छ,’ उनले आक्रोशका साथ रविन्द्रप्रति लक्षित गर्दै प्रश्न गरे, ‘के नेपाल परिक्षणको लागि प्रयोगशाला हो ? जो आएर नयाँ–नयाँ प्रयोग गरे पनि हुने ?’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: