काठमाडौँ । नेपाल तथा संयुक्त अरब इमिरेट्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको छ र आपसी सद्भावना र सहयोगमा आधारित सुमधुर तथा मैत्रीपूर्ण सम्बन्ध रहेका यी दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुने त्यस मुलुकको भ्रमणले थप सहयोग पुग्ने परराष्ट्र मामिलामा कार्यरत व्यक्तित्वहरूको विश्वास छ ।
प्रतिकृया लेख्नुहोस्: