Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

दिगो विकास र समृद्धि चुनावी एजेण्डा

\"\"काँकडभिट्टा । झापा क्षेत्र नं १ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारले स्थायी शान्ति, दिगो विकास र समृद्धिलाई मुख्य एजेण्डा बनाएका छन् ।

संवाद समूह झापाको संयोजनमा आज धुलाबारीमा भएको उम्मेदवारसँगको छलफलमा उनीहरुले आफ्नो क्षेत्रसहित मुलुकको समृद्धिलाई प्राथमिकतामा राखेर चुनावी एजेण्डा सार्वजनिक गरेका हुन् । आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि झापा–१ मा प्रतिनिधिसभातर्फ सातजना, प्रदेशसभातर्फ क्षेत्र ‘क’ र ‘ख’ बाट आठ–आठजना चुनावी मैदानमा उत्रिएका छन् । नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश शर्माले क्षेत्र नं १ लाई विकासको नमूना क्षेत्र बनाउने बताउँदै स्थानीय र राष्ट्रिय एजेण्डा सार्वजनिक गर्नुभएको छ । उहाँले बाहुनडाँगी–शान्तिनगरलाई कृषि–पर्यटन क्षेत्र बनाउने, चन्द्रगढी–ज्यामिरगढी–दुहागढीलाई औद्योगिक क्षेत्र र धाइजनलाई स्वास्थ्यको हव बनाउने बताए । त्यस्तै रिङरोड, बन्दमुक्त काँकडभिट्टा, असार–साउनमा आउने बजेटलाई चैत–वैशाखमै ल्याउन लविङ गर्ने, सिद्धिखोलाबाट विद्युत् उत्पादन, विप्रेषणलाई विद्युत् उत्पादनमा लगानी गर्नेलगायतका योजना सार्वजनिक गरे । प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्कीले नेपालका पार्टीलाई लोकतान्त्रिक बनाउँदै समाजमा प्रजातन्त्रको विस्तार गर्ने बताएको छ । उनले नेपाल सुहाउँदो समाजवाद निर्माण गर्ने, अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने, गरिब लक्षित विशेष कार्यक्रम ल्याउने, सबैखालको विभेद अन्त्य गर्ने आफ्नो एजेण्डा रहेको बताए । “काँग्रेस र वामपन्थी मिलेर देशलाई समृद्धिको मार्गमा अघि बढाउनुपर्छ,” उनले भने । शर्मा र कार्की क्षेत्र नं १ का प्रभावशाली उम्मेदवार हुन् । दुवै उम्मेदवारले चुनावी दौडाहामा प्रस्तुत गरिरहेको एक अर्काप्रतिको हार्दिकता, सम्मान र उच्च राजनीतिक संस्कार अरुका लागि अनुकरणीय रहेको छ । संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भक्तबहादुर लिम्बूले दोस्रो जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने, समाजमा सद्भाव र सहिष्णुता कायम गरी विभेदको अन्त्य गर्न र नेपालीको आधारभूत आवश्यकता परिपूर्तिका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । क्षेत्र नं १ को प्रदेश ‘क’ मा काँग्रेसका उम्मेदवार केशवराज पाण्डे, एमाले उम्मेदवार श्रीप्रसाद मैनाली, नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार पुष्पप्रसाद पौडेललगायतले आफ्नो धारणा व्यक्त गरे । प्रदेश ‘ख’ मा काँग्रेस उम्मेदवार अशोककुमार पोखरेल, वाम गठबन्धनका गोपालचन्द्र बुढाथोकी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लक्ष्मीप्रसाद मावोले पूर्वी नाकालाई अझ व्यवस्थित गरी व्यापार प्रवद्र्धन गर्नेदेखि जनहितकारी काम गर्नेसम्मका योजना सार्वजनिक गरेका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending