भक्तपुर। मानवीय आस्था नेपालले निर्वाचनलाई लक्षित गरी कुनै कार्यक्रम नगरेको स्पष्ट गरेको छ । केही दिन अघि केही राजनीतिक पार्टीका नेताहरुले मानवीय आस्था नेपालले निर्वाचनलाई केन्द्रित गरी कार्यक्रम ल्याएर निर्वाचन आचारसंहित विपरित काम गरेको आरोप लगाएपछि मानवीय आस्था नेपालले निर्वाचन लक्षित कुनै कार्यक्रम नगरिएको स्पष्ट पारेको हो । रफत सञ्चार क्बलले गरेको साक्षतकार कार्यक्रममा मानवीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रञ्जितले मानवीय आस्था नेपालले २०७२ सालको भूकम्पपछि भूकम्प पीडित लगायतका समाजका विपन्न व्यक्तिहरुलाई राहत र छात्रवृत्ति प्रदान गर्दै आएको बताए । मानवीय आस्था नेपालको नियमित कार्यक्रम अन्तर्गत नै कार्यक्रम सञ्चालन हुँदै आएको यसलाई निर्वाचनसँग नजोड्न सबैमा आग्रह गरेका छन् । मानवीय आस्था नेपालका उपाध्यक्ष उमेश बस्नेतले भूकम्पपछि भक्तपुरमा २७ सय भूकम्प पीडितलाई अस्थायी टहरा, भक्तपुरका नेवार समुदाययलाई गाई जात्रा सञ्चालनका लागि प्रति परिवार पाँच हजार नगद प्रदान गरेको बताए । उनका अनुसार साथै २ सय ३० जना विद्यार्थीहरुलाई १४ सय ५० का दरले छात्रवृत्ति, विपन्न समुदायका व्यक्तिलाई आत्मनिर्भर बनाउन सिलाई, बुनाई कार्यक्रम सञ्चालन गर्दै आएको छ । उनले मानवीय आस्था नेपालको निर्वाचन लक्षित कार्यक्रम नभई नियमित कार्यक्रम भएकाले यसलाई नकारात्मक अर्थमा नबुझ्न सबैलाई आग्रह गरेका छन् । २०७२ सालको भूकम्प गएपछि भक्तपुरमा मानवीय सेवा गर्ने अभिप्रायले मानवीय आस्था नेपाल नामक गैरसरकारी संस्था स्थापना भएको हो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: