Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

पत्रकार सम्मेलन स्थलबाटै गिरफ्तार

\"\"काठमाडौं । प्रहरीले पत्रकार प्रकाश डुम्रेलाई पत्रकार सम्मेलन स्थलबाटै गिरफ्तार गरेको छ । रुपन्देहीमा संयुक्त वाम गठबन्धले  पार्टी कार्यालय बुटवलमा अायाेजना गरेकाे समंयुक्त पत्रकार सम्मलेनकाे रिपाेर्टिङका लागि पुगेका पत्रकार डुम्रेलार्इ प्रहरीले पत्रकार सम्मेलन स्थलबाटै गिरफ्तार गरेकाे हाे । गर्जन पाेष्ट साप्ताहिकका प्रधान सम्पादक डुम्रे नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका कार्यसमिति सदस्य समेत हुन् । प्रेस स्वतन्त्रताको धज्जी उडाउदै पत्रकारमाथि धरपकड गरेर गिरफ्तार गरेको भन्दै नेपाल पत्रकार महासंघ,रुपन्देही साखाले आपत्ति जनाएको छ । महासंघले डुम्रेको तत्काल रिहाइको माग समेत गरेको छ । यता क्रान्तिकारी पत्रकार संगठन नेपालले आफ्ना लुम्बिनी ब्युरो संयोजक पत्रकार डुम्रेलाई गिरफ्तार गरेको भन्दै घोर भत्सर्ना गरेकाे छ । संगठनका अध्यक्ष प्रभात चलाउनेले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि हमला भएको बताएको छन । प्रहरीले पत्रकारहरुलाई गिरफ्तार गर्ने, घरमा खानतलासी गर्ने, परिवारका सदस्यलाई फोन गरेर मनोवैज्ञानिक यातना दिने कार्य तीब्र पारेको भन्दै उनले राज्यको त्यस प्रकारको ज्यादतीको बिरोध गरेका छन् । ‘संविधानले प्रत्याभूत गरेका मौलिक अधिकार अहननीय अधिकार हुन् । त्यसको संरक्षण गर्नपर्ने सरकारले उल्टै कुल्चदै हिड्नु निन्दनीय छ।’ अध्यक्ष चलाउनेले भने,- नाम नै संकलन गरेर माथिकाे अादेश भन्दै पत्रकारहरूलार्इ कार्यकक्ष र कार्यक्षेत्रबाटै गिरफ्तार गर्नु भनेकाे अाम प्रेस जगतमाथिकाे हमला हाे ।’ नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सचिव समेत रहेका अध्यक्ष चलाउनेले डुम्रेसहित गिरफ्तार गरिएका सबै पत्रकारहरुकाे स-सम्मान रिहाइको माग गरेका छन् । पत्रकार डुम्रे क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो संयोजक समेत हुन् । प्रहरीले डुम्रेसहित देशभरबाट ८ जना पत्रकारहरुलाई गिरफ्तार गरेर हिरासतमा राखेको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy