Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

पाँचथरमा ६३ मध्ये २० वटा मात्र हतियार बुझाइयो

\"\"पाँचथर । जिल्लामा ६३ जनाले हतियार राख्न इजाजत प्राप्त गरे पनि २० जनाले मात्रै प्रहरीलाई बुझाएका छन् ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले निर्वाचन तयारी शुरु भएलगत्तै सार्वजनिक सूचना गर्दै बुझाउन भनेपछि २० जनाको मात्र हतियार संकलन भएको हो । जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा जिल्लाका विभिन्न स्थानका ६३ जनाले घरमा हतियार राख्ने इजाजत पाएका छन् ।

पछिल्लो पटक सार्वजनिक सूचना गरिएपछि २० जनाले जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी एकाइमा हतियार बुझाएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

इजाजत लिएर विभिन्न व्यक्तिले राखेका ६३ मध्ये २० वटा हालै प्रहरीमा संकलन भएका, दुई वटा ०५२–६२ को द्वन्द्वताका तत्कालीन विद्रोही माओवादीले कब्जा गरेका र तीन वटा द्वन्द्वकालमै प्रहरीमा बुझाइएबाहेकका ३७ वटा हतियार कहाँ र कोसँग छन् भन्ने पहिचान हुन नसकेको प्रनाउ गौतमको भनाइ छ ।

पहिचान हुन नसकेका ३७ मध्ये पनि १३ जना इजाजत प्राप्त व्यक्ति जिल्लाबाट बसाइँसराइ गरेर अन्यत्र गएको तथ्यांक छ । यस्तै दुई जनाको मृत्यु भइसकेको छ । प्रना उ गौतमका अनुसार मृत्यु भएकाका आफन्तले ती हतियार आफूहरूसँग नरहेको प्रतिक्रिया दिने गरेको र २३ जना इजाजतप्राप्त व्यक्ति भने हालसम्म सम्पर्कमा छैनन् ।

जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा जिल्लाको विभिन्न गाविसमा घर भई यसअघि मन्त्री, सांसद सुरक्षा निकायको उच्च ओहदामा रहेका व्यक्तिले हतियारको इजाजत लिएको पाइएको छ ।

जसमध्ये पूर्वमन्त्री पद्यमसुन्दर लावती र पूर्वजिविस सभापति अइन्द्रविक्रम थाम्सुहाङको मृत्यु भइसकेको छ । उनीहरू दुवैजनाले इजाजत लिएर राखेका भए पनि मृत्यु पर्यन्त आफन्तले आफूसँग ती हतियार नभएको प्रतिक्रिया दिँदै आएका छन् । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy