मोरङ । मिक्लाजुङ–६ बेतेनीका ६३ वर्षीय मानबहादुर गोले त्यो कहालिलाग्दो दिन सम्झेर भक्कानिए । विसं २०७३ असार ७ गते बाढीले उनको घर र खेत बगायो । अहिले जंगलमा टहरा बनाएर बस्दै आएका छन ।
गोले मात्र हैनन, नुनसरी बक्राहा खोलाको बाढीले घरबारविहीन भएका दुई दर्जनभन्दा बढी घरपरिवार अहिले टहरामा बास बस्दै आएका छन् । डेढ वर्षदेखि स्थानीय मिक्लुङ सामुदायिक वनमा टहरा बनाएर बस्दै आएका उनीहरुको बाढीले १ सय ३० बिगाहाभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत गरिदिएको छ । “जंगली जनावरको त्रास बोकेर बास बसेका छौँ,” २२ वर्षीय डम्बर दर्जीले भने, “राति जंगली हात्तीले सताउँछ, ज्यानै जाला भन्ने डर भइसक्यो ।” अहिले चारैतिर चुनावी चहलपहल छ । स्थानीयवासी नरमाया अधिकारी आफूहरुलाई चुनाव नलागेको बताइन । स्थानीय तह निर्वाचनमा आश्वासन बाँडेर गएका नेता अहिलेसम्म फर्केर नआएको उनको भनाइ छ । “थुप्रै वाचा बाँडेर गएका थिए, फर्केका छैनन्,” उनले भनिन । आसन्न मंसिर १० र २१ गतेको चुनावमा उठेका उम्मेदवार कोही पनि अहिलेसम्म नआएकाे अधिकारीले बताइन । आँगनमा काखेबालकलाई खेलाउँदै बसेकी मनिला तामाङ गुरुयोजना बनाएरै खोलाको तटबन्ध गर्न उम्मेदवारसँग माग गर्ने बताउछन । मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनबाट एमालेका घनश्याम खतिवडा र काँग्रेसबाट डिगबहादुर लिम्बू उम्मेदवार बनेका छन ।यस निर्वाचन क्षेत्रमा एक लाख सात हजार २ सय ३५ मतदाता रहेका छन् । यता सप्तरीका बाढी पीडितकाे पनि गुनासाे त्यहि छ । उनिहरूले पनि चुनावकाे वेला मात्र जनताका कुरा सुनेजस्ताे गर्ने जितेर गएपछि फर्केर नअाउने समस्या छ । अव जसले वासकाे व्यवस्था गर्छ । उसैलाइ भाेट हाल्नु पर्छ उनिहरूले भने ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: