Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

काे कहाँबाट मतदान गर्दै ?

\"\"काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मतदान सुरु भएको छ । संघीय संरचनाअनुसार पहिलोपटक हुन लागेको चुनावमा सर्वसाधारण मात्रै हाेइन,  राजनीतिक दलका शीर्ष नेताहरु समेत मतदाता छन् । केहीले आफूसहित अरुलाई मतदान गर्नेछन् भने केहीले आफूलाई मत दिने छैनन् । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाबाट आज मतदान गर्दैछन् । गोरखा–२ को प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका भट्टराईको मतदान केन्द्र पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि, खोप्लाङमा छ । भट्टराईसँग चुनावी प्रतिष्पर्धामा रहेका माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि पहिलो चरणकै चुनावमा मतदान गर्ने नेतामा पर्छन् । उनले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारी मतदान केन्द्रबाट मतदान गर्दैछन् । एमाले सचिव योगेश भट्टराई पनि पहिलो चरणका मतदाता हुन् । ताप्लेजुङको प्रतिनिधिसभा सदस्यतर्फको चुनावी मैदानमा उत्रिएका भट्टराईको नाम मैवाखोला गाउँपालिका–३ नारायणी उमावि केन्द्रमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाा सिन्धुपाल्चोकका मतदाता हुन् । मतदाता सूचीमा उनको नाम सुनकोसी गाउँपालिका २ को महेन्द्रोदय उमावि केन्द्रमा छ । उनले अाफ्नाे मत यही केन्द्रकाे मतपेटिकामा खसाल्ने छन् । पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा रुकुम मुसिकोट नगरपालिका–५ का मतदाता हुन् । उनको मतदान केन्द्र यमुनानन्दनमूना उमावि हो । उनले यहीबाट मतदान गर्नेछन् । कांग्रेसका चीनकाजी श्रेष्ठ र एमालेका पृथ्वी सुब्बा गुरुङले पनि आजै मतदान गर्दैछन् । ४ नम्बर प्रदेशका मुख्यमन्त्रीका दाबेदारका रुपमा हेरिएका गुरुङ लमजुङबाट प्रदेशसभा सदस्य उम्मेदवार छन् । उनले पनि आज मतदान गर्दैछन् । उनको मतदाता नामावली क्व्होलासोथार गाउँपालिका–९ मा छ । उनको मतदान केन्द्र बुद्धोदय मावि परेको छ । गोरखा १ का उम्मेदवार चीनकाजी श्रेष्ठले आरुघाट गाउँपालिकाको भीमोदय उमावि मतदान केन्द्रबाट मत दिँदैछन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy