Khabar Dabali ८ जेष्ठ २०८३ शुक्रबार | 22nd May, 2026 Fri
Investment bank

‘श्रीमान् र ससुराले भनेको ठाउँमा भोट हाल्ने दिन गयो’

\"\"पथरी । पथरी शनिश्चरे–८ की पार्वती बच्चु चौधरीले विकास गर्ने उम्मेदवारलाई मत दिने बताइरहँदा उनकी श्रीमती पार्वतीदेवीले आप्mना छोराछोरीको भविष्य सुरक्षित गर्ने र आफ्नो सुखदुःखमा साथ दिने उम्मेदवारलाई मत दिने विचार व्यक्त गरीन । उनले भनिन, “विवाह भएदेखि नै श्रीमान्ले रोजेको उम्मेदवारलाई भोट दिएको छु तर यसपालि म आफैँले रोजेको उम्मेदवारलाई मत दिन्छु ।” संविधानले महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चिता गरेको छ । पार्वतीदेवीजस्ता महिला अब सक्षम बन्दै गएकाले आप्mनो निर्णय आफँै गर्ने भइसकेका छन् । महिला प्रतिनिधित्वविना गाउँको सानो समितिदेखि संसद्समेत पूर्ण नहुने अवस्थामा महिला चुप लागेर बस्न नहुने उनको भनाइ छ । “पुरुषले रोज्दैआएको उम्मेदवारले इमानदार भएर काम नगरेकाले नै समाजको मुहार फेरिएन”, उनले भनिन “२०५१ सालमा आपूmले पहिलो पटक भोट हालेको अवस्थामा नै अहिले पनि आप्mनो गाउँ रहेको छ । महिला पुरुष, छोराछोरी, धनीगरीब, उँचनीच, जातपात, भाषा, धर्मलगायतको विभेद कायमै रहेकाले त्यसको समग्र परिवर्तन गर्ने उम्मेदवार रोज्ने काम हामी महिलाको हो ।” उनले बाटोघाटो, सिँचाइ, विद्युत्, शिक्षा, रोजगारीलगायत व्यवस्था गरेर समृद्ध समाज निर्माण गर्ने उम्मेदवारलाई यसपालि मत हाल्ने सुनाइन । पथरी शनिश्चरे–८, मिलनचोक सोमबारेमा चिया पसल चलाउने मैयाँ श्रेष्ठ युवकयुवतीका लागि राम्रो रोजगारीको अवसर सिर्जना गर्ने उम्मेदवारलाई मत हाल्ने बताउछिन । “छोरीचेली माइतीमा बस्दा आमाबुबा र घरमा बस्दा पति र ससुराले भनेका आधारमा भोट हाल्ने दिन गयो, अब सबै आपूmले रोजेको उम्मेदवारलाई भोट हाल्ने अवस्थाको निर्माण भइरहेको छ”, उनले भनिन, “आत्मनिर्भरता आवश्यक छ र यतिखेर महिलामा आत्मनिर्भरता बढ्दै गएको छ ।” सुनबर्षी–१ की सकिना खातुनले आपूmहरुले गाउँका मानिसले उम्मेदवारको गुण र अवगुणका बारेमा गरेको चर्चा सुनेर राम्रो उम्मेदवारको पहिचान गरी मत दिने बताइन। उनले भनिन, “मुस्लिम महिलाले अहिले खुलेआम चुनावीसभामा सहभागी भएर उम्मेदवारको कुरो सुनी आआप्mना समस्यासमेत सुनाउने गरेका छन् । त्यसैले अब अरूले भन्दा पनि हामीहरु सबभन्दा राम्रो उम्मेदवारलाई रोजेर भोट हाल्न सक्षम छौँ ।” केही समय अगाडिसम्म घरमा आप्mना पति, ससुरा र गाउँका पुरुषले उनीहरुले रुचाएको उम्मेदवारलाई भोट हाल्न सिकाउँथे तर पछिल्लो समय उनीहरुसँगै महिलाले पनि समूह बनाएर राम्रो उम्मेदवारलाई मत हाल्न सिकाउँदै हिँडेका छन् । अब महिलाहरु सक्षम बन्दै गएका छन् । प्रतिनिधिसभाका लागि छ र प्रदेशसभाका लागि १२ निर्वाचन क्षेत्र रहेको मोरङमा कूल छ लाख ४४ हजार ७८२ मतदाता छन् । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending