Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

अब विमानमै उपहार किन्न पाइने

\"\"काठमाडौं । नेपाल वायुसेवा निगमका विमानबाट स्वदेश फर्किंदै गरेका यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनुअघि नै उपहारका सामग्री खरिद गर्न सक्ने व्यवस्था मिलाएकाे छ । विदेशबाट फर्कंदै गर्दा घरपरिवार र साथीभाइका लागि गिफ्ट किन्न छुट्न सक्छ भनेर निगमले तीन महिनाभित्र यस्तो सेवा शुरु गर्दैछ । त्यसका लागि कम्पनी छनोटको प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । उनले आगामी १० जनवरीभित्र इच्छुक कम्पनीले आवेदन दिन सक्नेछन् भने । एसिया र मध्यपूर्वका ड्युटी फ्री तथा ट्राभल कम्पनीलाई मुख्य प्राथमिकता दिइने श्रेष्ठले जानकारी दिए । छनोट भएको कम्पनीले कम्तिमा १० वटा एयरलाइन्सहरुलाई सेवा दिइरहेको हुनुपर्ने प्रावधान छ । वार्षिक ५० लाख यात्रुलाई सेवा दिन सक्ने कम्पनीले मात्रै आवेदन दिन पाउने छन् । उक्त सेवालाई ‘इन फ्लाइट ड्युटी फ्री सर्भिस’ भनिन्छ । छनोट हुने कम्पनीले निगमका विमानभित्रै चस्मा, पफ्र्युम, गिफ्ट आइटम र मेकअपका सामान बिक्री गर्नेछ । उपहारका सामग्री भने निगमकै ‘क्रु मेम्बर’ले यात्रुसम्म पुर्‍याउनेछन् । श्रेष्ठका अनुसार उक्त सेवा निगमका विमानमा धेरै वर्षअघि थियो । बीचमा आएको उतारचढावका कारण बन्द भएको थियो । र, फेरि शुरु गर्न लागिएको हो । अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले उक्त सुविधा उपलब्ध गराउँने छन् । श्रेष्ठले भने, ‘अन्य एयरलाइन्सजस्तै हामीले पनि सुविधा थप गर्न लागेका हौं ।’ उक्त सुविधा नेपालबाट बाहिरिँदा पनि उपलब्ध हुनेछ । पाँच वर्षका लागि छनोट हुने कम्पनीलाई सामान प्याक गर्न निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै ठाउँ उपलब्ध गराउने छ । राष्ट्रिय ध्वजाबाहक निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि अहिले एक बोइङ–७५७ र दुई एयरबस–३२१ विमान उपलब्ध छन् । थप दुई वटा वाइडबडी एयरबस खरिदको प्रक्रियामा छन् । मे २०१८ सम्ममा दुवै विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइसक्ने निगमको लक्ष्य छ । थप दुई वटा न्यारोबडी विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाउने तयारीमा छ निगम । ती सबैमा उक्त सुविधा उपलब्ध हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy