Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

त्रिदेशीय ह्विलचेयर क्रिकेट प्रतियोगितामा नेपाल विजयी

\"\"काठमाडाैं । अन्तर्राष्ट्रिय टीट्वेन्टी त्रिदेशीय ह्विलचेयर क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा बंगलादेशलाई ५४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै एक सय ६० रनको योगफल खडा गरेको थियो। नेपालीको पालीमा दुवै प्रारम्भिक ब्याट्सम्यानले अर्धशतक बनाए। टोलीका उपकप्तान समेत रहेका डिगमसिंह चेमजोङले अविजित ७९ रन बनाए। ६२ बलको सामना गरेका उनले १० चौका हिर्काए। यसैगरी अर्का प्रारम्भिक ब्याट्सम्यान नविन राईले पनि ५९ रन बनाए। दुवै प्रारम्भिक ब्याट्सम्यानले एक सय ४९ रनको साझेदारी गरेका थिए। नेपालका डानबहादुर थिङले खाता खोल्न सकेनन् भने जंगबहादुर थापा चार रन बनाउँदा विपिन पौडेल एक रनमा अविजित रहे। बंगलादेशका रिपोन उदिनले दुई तथा मोर्सेद आलमले एक विकेट हात पारे। एक सय ६१ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश १८.२ ओभरमा एक सय ६ रनमा समेटियो। बंगलादेशलाई कम योगफलमै समेट्न विपिन पौडेलले तीन विकेट लिए। यसैगरी विष्णु अधिकारी, रामबहादुर तामाङ र कप्तान हिमाल अर्यालले एक एक विकेट लिए। बंगलादेशका मोर्सेद आलमले सर्वाधिक २० रन बनाए। यसैगरी उज्वल बैरागीले १७, मोहमद मिथलेु १३ र रोजेन हुसेनले ११ रन बनाए। बंगलादेशले २४ रन अतिरिक्तमार्फत पाएको थियो। फाइनल खेलको म्यान अफ दि म्याच डिगमसिंह चेमजोङ चुनिए। प्रतियोगितामा नेपालका नविन राई बेस्ट ब्याट्सम्यान, विपिन पौडेल बेस्ट बलर, राजु गुरुङ बेस्ट विकेटकिपर र नेपालकै डिगमसिंह चेमजोङ प्लेयर अफ दि सिरिज चुनिए। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले पुरस्कार प्रदान गरे। प्रतियोगितामा भारतको पनि सहभागिता रहेको थियो। नेपालले भारत र बंगलादेशविरुद्धको दुवै खेल जितेर फाइनलमा पुगेको हो। बंगलादेशले भारतले स्तब्ध बनाउँदै नेपालसँगको फाइनल भिडन्त पक्का गरेको थियो। ह्विलचेयर क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितालाई पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति स्व. सुशील कोइरालाको स्मृतिमा स्थापित फाउन्डेसनले मुख्य प्रायोजन गरेको थियो।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies