Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

बखेडा झिक्न छाेडेर जनादेशप्राप्त जनप्रतिनिधिलाई काम गर्न देउ

 

\"\"दमक । नेकपा (एमाले)का नेता सुवास नेम्वाङले वर्तमान सरकारले निर्वाचनबाट प्राप्त जनादेशलाई तत्काल सम्मान गरेर सरकार निर्माणमा मार्गप्रशस्त गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन ।

आज बिहान पत्रकारसँग कुरा गर्दै पूर्वसभामुख नेम्वाङले वर्तमान सरकारले जनादेशलाई रोक्ने प्रयास गरेको आरोप लगाउँदैनयाँ सरकारका लागि तत्काल बाटो खोलिदिएर सहमतीय वातावरण निर्माण गर्न आग्रह गरे। उनले भने, “राष्ट्रियसभा विधेयकका नाममा बखेडा झिकेर जनादेशप्राप्त जनप्रतिनिधिलाई आफ्नो काम गर्नबाट बञ्चित गराउन खोज्नु उचित हुँदैन, जनादेशानुसार बाटो सहज गरिदिनुपर्छ ।” राष्ट्रियसभा विधेयक ल्याउन सरकारले ढिला गरेका कारण समस्या आएको बताउँदै नेम्वाङले सो विधेयक निर्वाचनअघि नै ल्याउनुपर्नेमा अहिले निर्वाचन परिणाम आइसकेपछि ल्याइएकाले यस्तो समस्या देखिएको विचार व्यक्त गरे । संविधानमा सामान्य बहुमत भनी उल्लेख हुँदाहुँदै एकल संक्रमणीय भनी जिद्दी गर्नु संविधान विपरीत भएको टिप्पणी गर्दै उनले संविधान कार्यान्वयनका लागि निर्वाचन स्वीकारेर अघि बढ्न र संविधानले व्यवस्था गरेका प्रणालीहरु आत्मसात् गरेर जान दलहरुलाई सुझाव दिए । “एमाले र माओवादी केन्द्रलाई जनताले जनादेश दिएका छन्, अब दम्भ होइन, लचिलो भएर अघि बढ्नुको विकल्प छैन”, इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङले भने ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending