Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

यी हुन ६ नं. प्रदेश मुख्यमन्त्रीका दावेदार

\"\"चुनाव नहुदै ६० र ४० प्रतिशत सिट बाँडफाँट गरिसकेका नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रले मुख्यमन्त्री पनि त्यही आधारमा बाँड्ने बताएका छन । निर्वाचनको रिजल्ट अनुसार पनि ७ प्रदेश मध्य ६ प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने निश्चीत छ । प्रदेश नम्बर २ बाहेक सबैमा एमाले र माओवादी केन्द्रको प्रत्यक्षतर्फ बहुमत आएको र समानुपातिकको मतपरिणामलाइ जोड्दा सिट झनै बढेकाे छ । बहुमत अाएका ६ प्रदेशमा वाम गठबन्धनले मुख्यमन्त्री बाँड्ने सहमति पनि भएकाे छ। एमाले  ४ प्रदेशमा र माओवादी २ प्रदेशमा मुख्यमन्त्री बनाउने एमालेका एक स्थायी समिति सदस्यले बताएका छन। उनका अनुसार प्रदेश नम्बर १, ३, ४ र ५ मा एमालेका मुख्यमन्त्री हुनेछन भने प्रदेश न ६ र ७ मा माओवादीका मुख्यमन्त्री हुनेछन। प्रदेश नम्बरको १ मुख्यमन्त्रीमा एमालेका दुई जना नेता शेरधन राई र भीम आचार्य दाबेदार छन्। यी दुवैले चुनावअघि नै मुख्यमन्त्रीको दाबी गरेका थिए। राईले भोजपुरबाट चुनाव जितेका छन् भने आचार्यले सुनसरीबाट। प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंंगा, धनकुटालगायत जिल्लामा किराँत समुदायको बाहुल्यता छ। समुदायका हिसाबले पनि सो प्रदेशमा राई मुख्यमन्त्रीका बलिया दाबेदार भएका छन। प्रदेश नम्बर ३ मा मुख्यमन्त्रीका दाबेदारमा एमालेका अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे छन। महिलाबाट अाधार मान्दा शाक्य काे बलियाे अाधार ५ । प्रदेश नम्बर ४ को मुख्यमन्त्रीका दाबेदार दुवैजना गुरुङ समुदायका छन्, पृथ्वीसुब्बा र किरण गुरुङ। ५ नम्बर प्रदेशको मुख्यन्त्रीमा एमालेका शंकर पोखरेलबाहेक अरु कसैको दाबी छैन। एमाले र माओवादीको सिट बाँडफाँट हुँदा नै पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति भैसकेको छ । यसरी सिट बाँडफाँटमा प्रदेश नम्बर ६ को मुख्यमन्त्री माओवादीले पाउनेछ भएको छ । यस अघि उर्जामन्त्री भइसकेका माओवादी नेता महेन्द्रबहादुर शाही यो प्रदेशमा मुख्यमन्त्रीमा लगभग पक्का भैसकेका छन । उनको आधार पनि बलियो छ । प्रतिनिधि सभामा चुनाव लड्ने उनको चाहनालाई प्रदेशमा सिमित राख्नुमा पार्टीको चाहना पनि उनलाई ६ नम्वर प्रदेशको मुख्यमन्त्री बनाउने रहेको बुझिएको माओवादी निकट एक नेताले बताए । पहिलो चुनावमा कालिकोटबाट केन्द्रीय सांसद चुनिएका शाही यसपाली चाँचोपाँजोमा प्रदेशबाट लडेका थिए। नेकपा माओवादी भित्र उनको दाबीलाई चुनौतीको रुपमा कसैले लिएका छैनन। जनताकाे चाहनालाइ अाधार मान्दा महेन्द्र बहादुर शाही मुख्यमन्त्रीका बलियाे अाधार भएका नेता हुन । प्रदेश न. ६ मा एमालेका यमलाल कँडेल र प्रकाश ज्वाला मुख्यमन्त्रीका दाबेदार नेता भए पनि सिट वाँडफाडले उनीहरुको दावीलाइ सहजता भने भएकाे छैन । पार्टीकाे सिट विभाजनले भने उनीहरुकाे बाेल्ने ठाँउ सकिएकाे छ । ७ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादीकै भागमा पर्ने सम्भावना छ । दाबेदार नेता भन्दा पनि यहाँ पार्टीको सल्लाहमा मुख्यमन्त्री टुंग्याउने पक्का छ । प्रदेश नम्बर २ मा भने राजपा र फोरमको बहुमत आएकाले यहाँ मुख्यमन्त्री यी दुई दलबाट हुने पक्का छ। यहाँ राजपा महासचिव मनिष सुमन दाबेदार छन्। २ नम्बरको प्रदेश सभामा फोरमको धेरै सिट भएकाले मुख्य मन्त्रीमा फोरमले पाउने सम्भावनालाई पनि नकार्न सकिदैन।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy