Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

‘नेताले देखाएका सपनाले पेट भरिन्न’

\"\"फाइल फाेटाे

नयाँदिल्ली । “नेताले देखाएका सपनाले पेट नभरिने रैछ, त्यसैले परदेशमा आउनुपर्यो ।” अछामका रामबहादुर विष्टकोगुनासो हो ।

नयाँदिल्लीको कनार्टप्लेसमा भेटिएका उनी भन्छन, “धेरै पटक चुनाव भयो, जान पाइएन, गएको भए पनि नेता जितेर जहाज चढेर काठमाडौँ जान्थे, हामी चाँही फेरी झोला बोकेर परदेशिनु पथ्र्याे ।”

खेल्ने उमेरमै बुबाको हात समातेर कमाउन भारत आएका विष्ट उमेरको पचासौँ दशकमा पनि पहिलेकै स्थितिमा छन । काम गर्न बचपनमा भारत पसेका धेरैको बुढ्यौली पनि भारतमा काम गर्दागर्दै बित्छ । “कहिले मुम्बई, कहिले दिल्ली, कहिले राजकोट गर्दै आधा जीवन बित्यो, बाल्यकाल यही गयो, जवानी पनि आए गएको पत्तै भएन तर आफ्ना देशमा कहिले काम गरेर दुई छाक खान पुग्ने दिन आउला ।” घरमा दुई पैसा कमाउने कोही नभएपछि छिमेकीको पछि लागेर भारत आएका बझाङका तप्त शाहीले भन्नुभयो, “मेरा बाआमाले यही काम गरेर जीवन बिताउनुभयो, अब उहाँहरु बिरामी भएर काम गर्न नसक्ने भएपछि म आएँ, खासै कमाइ हुन्न, केही बचत भए अर्को देश जान्थेँ अलि पैसा हुन्थ्यो होला ।” स्वदेशमा आम्दानीको स्रोत नभएपछि धेरै नेपाली भारतका विभिन्न ठाउँमा कामका लागि आएका छन् । भारतीय सेनादेखि होटलका भाँडा सफा गर्ने अनि सरकारी कार्यालयका महत्वपूर्ण पदमा काम गर्ने पनि नेपाली भेटिन्छन् दिल्लीमा तर भारत पसेकाको ठूलो संख्या भने सानोतिनो काममै अल्झेका छन् । “कति श्रम शोषणमा पर्छन्, कतिलाई अन्याय पर्छ कति लुटिन्छन्, कुटिन्छन् त्यसको हिसाब कसैसँग छैन, अर्काको देश हो, सहनुको अर्को विकल्प हुन्न”, भन्छन पर्वतका विष्णु भट्टराई । कुराकानीका क्रममा भेटिएका उनीहरू नयाँदिल्लीका विभिन्न होटलमा काम गर्छन । तनहुँका जितबहादुर थापा  “मैले भारतको आयुर्वेदिक औषधि उत्पादन गर्ने कम्पनी एमिलमा काम गरेको २८ वर्ष भयो । दाइले यहाँ लगाइदिनुभएको थियो, मलाई निकै राम्रो छ ,” भन्छन । आफ्नो देशमा साँझ बिहानको छाक टार्न समस्या भएपछि धेरै नेपाली कामका लागि भारत जाने आउने गर्छन् । कोही लामो समय उतै बसेर कहिलेकाहीँ आउँछन् भने कोही छ महिना भारत छ महिना नेपाल गर्छन् । देशमा स्थानीय, प्रदेश र संघको निर्वाचन भइसकेको अवस्थामा देशभित्रै विकास भई रोजगारी सिर्जना हुन सकेमा भारत र तेस्रो मुलुकमा पसिना बगाउन नपर्ने उनीहरुको चाहना छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: