Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

देशैभरका जिल्ला कृषि विकास कार्यालय पूर्णरुपमा बन्द हुदै

\"\"काठमाडौं । देशैभर रहेका कृषि विकास कार्यालयहरु यही पुस महिनाभित्र पूर्णरुपमा बन्द हुने भएका छन् । कृषि कार्यालय हुँदै आएका काम अब स्थानीय तहबाट हुने भएपछि कार्यालय बन्द गर्न लागिएको हो । कृषि मन्त्रालयका सचिव डा। सुरोज पोख्रेलले जिल्ला कृषि कार्यालय बन्दको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । जिल्लामा रहेका कृषि सेवा केन्द्रहरु भने यसअघि नै बन्द भइसकेका छन् । ७५ वटै जिल्लामा, तराई मधेसका जिल्लाहरुमा ४, पहाडीमा ६ र हिमाली जिल्लाहरुमा ४ वटाका दरले रहेका सेवा कार्यालयहरु भने बन्द भइसकेका छन् । अब दोस्रो चरणमा जिल्ला कार्यालयहरु बन्दको तयारी भइरहेको छ । कृषि मन्त्रालयका सूचना अधिकृत मणिरत्न अर्यालले खबरडबलीसँग भने, ‘फस्ट टर्नमा सेवा कार्यालयहरु ह्याण्डओभर भए, अब सेकेन्ड टर्नमा जिल्ला कार्यालयहरु क्लोज हुने अन्तिम तयारी छ ।’ जिल्ला कार्यालय र सेवा कार्यालयहरुमा २२ देखि ४५ जनासम्म कर्मचारीहरु थिए । तर हाल एकजना कार्यालय प्रमुख, एकजना अधिकृत, एकजना योजना अधिकृत र कार्यालय प्रमुखका लागि एकजना चालकमात्र छन् । ‘आफ्ना कामहरु स्थानीय तहलाई ह्याण्डओभर गर्नका लागि ४–५ जनाको मात्र जनशक्ति छ । त्यो काम सकिएपछि उहाँहरुको पनि अन्यत्रै व्यवस्थापन हुन्छ,’ अर्यालले भने । बन्द भएका कार्यालयका जनशक्ति व्यवस्थापनको अन्तिम खाका तयार हुन बाँकी छ । तर कृषि कार्यालयका अधिकांश प्राविधिक जनशक्तिलाई प्रदेशमा र स्थानीय तहमा व्यवस्थापन गर्ने योजना बनाइएको छ । महानगरपालिकामा उपसचिव र नगरपालिकामा अधिकृतको नेतृत्वको टोली रहने गरी व्यवस्थापन गर्ने प्रारम्भिक प्रस्ताव तयार भएको अर्यालले जानकारी दिए । उनले भने, ‘जहाँ प्रदेश कार्यालय रहन्छ त्यहाँ जिल्ला कार्यालय जान सक्छन् । संघमा के–के कार्यालय रहन्छ, जिल्ला कुन संरचनामा रहन्छ भन्ने कुरा ड्राफ्ट भइरहेको छ, निर्क्योल भइसकेपछि त्यसैअनुसार जनशक्तिको व्यवस्थापन गरिन्छ ।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy