अाफै धरापमा रहेका देउवाले सक्छन त एमाले र माओवादीवीचको एकता रोक्न ?
पौष ११ गते, २०७४ मगलवार 26th December, 2017 Tue०६:४४:१२ मा प्रकाशित
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा एमाले र माओवादीवीच हुन लागेको एकीकरणलाई रोक्न हरेक हर्कत गर्न थालेका छन । पार्टी नेतृत्व हस्तान्तरण गर्नुको साटो अब देउवाले कांग्रेस संसदीय दलको नेता आफैं बन्ने प्रयास गर्ने सुत्रको विश्लेषण छ ।
वाम एकता रोक्न सकियो भने माओवादी र मधेसीको साथ लिएर ५ वर्षभित्र फेरि पनि प्रधानमन्त्री बन्न सकिन्छ कि भन्ने दाउमा रहेका देउवा संसदीय दलको नेता बन्नका लागि हानथाप गरेकाे कांग्रेस नेताले बताएका छन ।
कांग्रेसलाई नजिकबाट चिन्ने एक जना विश्लेषकले नाम उल्लेख नगर्ने शर्तमा भने- ‘देउवाजीको भन्दा पनि उहाँका ससुरालीपटि्टको रहर यो छ कि उनले फेरि पनि शक्ति आर्जन गरुन् । तर, यसका लागि उनले संसदीय दलको नेता बन्न र सम्भावित वाम एकता रोक्न जरुरी छ ।’
सूत्र भन्छ- देउवा र उनका आफन्तजनले आरजू राणालाई नै संसदीय दलको नेताका साथै भावी प्रधानमन्त्री बनाउने सोचेकै हुन्, तर आरजूले चुनाव नजितेका कारण त्यो सम्भव भएन ।
देउवाको ८ भोट !
देउवाले अब संसदीय दलको नेता बन्नका लागि पहिलो प्रयास गर्नेछन् । तर, यो प्रयास उनका लागि फलामे गेट पार गर्नुसरह हुनेछ । किनभने, प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेसभित्रको समीकरण देउवाका लागि सहज छैन । अब समानुपातिकतर्फ पनि पौडेल समूहसँग ६०/४० को भागवण्डा गर्नुपर्यो भने उनी अल्पमतमा पर्न सक्छन् ।
समानुपातिकमा कांग्रेसले ४० सिट पाएको छ । यसमा प्रत्यक्षको २३ सिट जोड्दा कांग्रेसको कुल सिट ६३ पुग्छ र यसबाट बहुमत ल्याएर मात्रै संसदीय दलको नेता बन्न सकिन्छ । संसदीय दलको नेताले विपक्षी दलको नेता बन्न पाउँछ । साथै सरकार ढल्यो भने ऊ ‘प्रधानमन्त्री’ बन्ने लाइनमा पुग्छ । यही कारणले देउवा जसरी पनि संसदीय दलको नेता बन्ने प्रयासमा छन् ।
प्रत्यक्षतर्फको समीकरण कस्तो छ ?
प्रत्यक्ष जितेका कुल २३ सांसदमध्ये देउवाको पक्षमा उनीसहित ८ जनामात्रै छन् । यसमा पनि दुईजना ढलपल छन् । देउवाको पक्षमा रहेका ८ सांसदहरुमा शेरबहादुर देउवा, प्रदीप गिरी, देवेन्द्रराज कँडेल, सीताराम मेहता, ज्ञानेन्द्रबहादुर कार्की तेजुलाल चौधरी, र प्रमोदकुमार यादव र भरतकुमार साह हुन् ।
प्रदीप गिरी र भरतकुमार साहले देउवालाई सघाउने/नसघाउने स्पष्ट नभएकाले देउवाको पक्षमा उनीसहित ६ भोटमात्रै सुनिश्चित छ अहिलेसम्म । प्रत्यक्षतर्फ चुनाव जितेका सांसदमध्ये रामचन्द्र पौडेलको पक्षमा १० सांसद छन् । पौडेल समूहमा रहेका सांसदहरुमा महामन्त्री डा. शशांक कोइरालासहित प्रकाशमान सिंह, अमरेशकुमार सिंह, डा. नारायण खड्का, सञ्जयकुमार गौतम, मोहम्मद अफताब आलम, डा. मिनेन्द्र रिजाल, देवीप्रसाद तिम्सिना, राजनकुमार केसी र मोहन आचार्य छन् ।
सिटौला समूहबाट प्रत्यक्ष चुनाव जित्ने कांग्रेस सांसदहरुमा गगन थापा, भीमसेनदास प्रधान र उमाकान्त चौधरी तीनजना छन् । यी तीनजनाले पौडेल समूह या देउवा समूह जसलाई सघायो, उसैको पल्ला भारी हुन सक्छ ।
त्यसो त कांग्रेसबाट विजयी सांसदको सूचीमा विजयकुमार गच्छदार र अभिषेकप्रताप साह पनि छन् । भर्खरै कांग्रेस बनेका उनीहरु देउवा पक्षमा लाग्छन् या पौडेल पक्षमा भन्ने अहिल्यै खुलिसकेको अवस्था छैन । उनीहरु जता पनि जान सक्छन् ।
यसरी प्रत्यक्षतर्फ लगभग अल्पमतमा परिसकेका देउवालाई अब समानुपातिकतर्फको नतिजाले मात्रै बहुमतमा पुर्याउन सक्छ । तर, समानुपातिकमा कुल ४० सांसद पाएको कांग्रेसभित्र ६०/४० को भागवण्डा गर्नुपर्ने बाध्यतामा छन् देउवा । यसरी भागवण्डा गर्दा देउवाको बहुमत धरापमा पर्न सक्छ ।
देउवाको लक्ष्य- वाम एकता रोक्ने
संसदीय दलको नेता जितिसकेपछि वा त्यसभन्दा अघि कांग्रेस सभापति देउवाको लक्ष रहनेछ- सम्भावित वाम एकतालाई रोक्ने । वाम एकतालाई रोक्न सकियो भने पाँच वर्षभित्र प्रधानमन्त्री बन्न पाइहालिन्छ कि भन्ने देउवामा अझै आशा जिवितै छ । अझ यसमा देउवाको भन्दा पनि उनलाई प्रधानमन्त्री बनाएर सत्ताको स्वाद लिन चाहने ‘स्वार्थ समूहहरु’ को आकांक्षाले बढी काम गरिरहेको स्रोतको दाबा छ ।
कांग्रेस नजिकका विश्लेषक भन्छन्- ‘देउवा संसदीय दलको नेता बने भने उनले वाम एकता रोक्ने भरमग्दुर प्रयास गर्नेछन् । तर, संसदीय दलको नेतामै हारे भने उनले वाम एकता रोक्ने खासै जोडबल गर्ने छैनन् र पार्टीमा विस्तारै ‘प्यासिभ’ बन्न थाल्नेछन् ।
निर्वाचनमा व्यहोरेको हारसँगै देउवाले पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग कांग्रेसभित्र उठ्न थालिसकेको छ । तर, देउवाचाहिँ यसको उल्टो पार्टी सभापति त के, संसदीय दलको नेतासमेत हस्तान्तरण गर्न तयार छैनन् ।
देउवाले आगामी महाधिवेशनपूर्व पार्टी सभापति छाड्लान् कि नछाड्लान् ? यो प्रश्नमा कांग्रेसका एक जानकार भन्छन्- ‘अर्को महाधिवशेनअघि देउवाले नेतृत्व हस्तान्तरण गर्ने सम्भावना खासै देखिँदैन, बरु अढाइ वर्षपछि हुने महाधिवेशन चाहिँ एक वर्ष अगाडि नै सर्न सक्छ ।’
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: