Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

भूकम्पमा मृत्यु भएकाका परिवारलाई ४० हजार राहत

काठमाडौँ, रसुवा जिल्ला प्रशासन कार्यालयले भूकम्पमा परी मृत्यु भएकाका परिवारलाई रु ४० हजारका दरले तत्कालीन राहतस्वरुप रकम उपलब्ध गराउन सुरु गरेको छ । सो जिल्लामा भूकम्पमा परेर ३०४ जनाको निधन भएको थियो । हालसम्म उत्तरी लाङ्टाङ गाविसमा मात्रै ३०० को हाराहारीमा नागरिक बेपत्ता भएको अनुमान गरिएको छ । सो जिल्लामा भूकम्पमा परेर घाइते भएका ८०० मध्ये अधिकांश प्राथमिक उपचारपछि घर फर्किसकेका छन् । गत शनिबार गएको भूकम्पमा परी सो जिल्लाका १८ वटै गाविसका ९० प्रतिशत अर्थात् नौ हजार घर पूर्ण क्षतिमा परेको प्रारम्भिक अनुमान गरिएको सहायक प्रजिअ गौतम रिमालले जानकारी दिए । लाङ्टाङ क्षेत्रबाट भूकम्पमा परेर फसेका ३०० भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकलाई उद्धार गरिएको उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले राहतलाई प्रभावकारी तुल्याउन पाँच टोली गठन गरेकामा सो टोलीले काम सुरु गरिसकेको छ । हालसम्म दुई हजार २०० थान पाल पीडित परिवारलाई वितरणका लागि पठाइसकिएको जानकारी दिँदै उनले जिल्ला रेडक्रसले १०० थान कम्बल र विश्व वन्यजन्तु कोषले उपलब्ध गराएको १६० थान पाल उपलब्ध गराएको बताए । भूकम्पबाट जिल्लामा नवनिर्मित जिल्ला अदालतबाहेक अन्य सबै सरकारी कार्यालय क्षतिग्रस्त भएका छन् ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending