महाभूकम्पको धराप भग्नावशेषमाथि यसरी हिँडे प्रचण्ड (फोटोफिचर)
बैशाख १९ गते, २०७२ शनिवार 2nd May, 2015 Sat१९:१२:४५ मा प्रकाशित
काठमाडौं, प्रचण्डको कारगेटले ललितपुरको हरिसिद्धि कुल्चँदै गर्दा त्यहाँ छुट्टै उत्साह थियो । भूकम्पपीडितका लागि राहतको पोको बोकेर ललितपुरको ठूलो क्षति भएको हरिसिद्ध पुगेका उनी कारगेटबाट झर्नेबित्तिकै स्वास्थ्य चौकीतिर लम्किए ।
स्वास्थ्य चौकीको अहेवबाट भूकम्पपीडितको समस्या बुझ्दै गर्दा उनले पीडितको लागि ल्याएको चामल, तेल, पाल र स्लिपिङ ब्याग हस्तान्तरण गर्न भ्याए ।
ललितपुरको हरिसिद्धिमा धेरै घरहरु भग्नावशेषमा परिणत भएका थिए । उनी त्यतैतिर लागे । हरिसिद्धि उपमहानगरपालिका वडा नं २९ का हरेक भग्नावशेषमा प्रचण्ड पुगे । कपिटोलतिर देखिएको धराप भग्नावशेष पुग्दा प्रचण्ड आफ्नी श्रीमतीलाई सम्झन्थे । ‘म्याडम कता हुनुहुन्छ ?’ उनको चिन्तालाई उनका सुरक्षा प्रमुख दानबहादुर साम्य पार्दै भन्थे – ‘उहाँलाई गाडिमा नै छोडेर आएको छु ।’
भग्नावशेषको डिलमा बस्दै उनले धेरैको दुःख सुने । ‘हामीलाई खाना छैन, बस्ने बास पनि छैन । घर पनि भत्कियो मेरी भाउजु पनि यहि घरले पुरिएर मरिन् ।’ नानीमायाँ महर्जन प्रचण्डलाई दुःख पोख्दै भन्दै थिइन्–‘तपाईंले हाम्रो दुःखमा साथ दिनुपर्यो । हरिसिद्धीको टोल चहारेपछि उनको निष्कर्ष थियो – ‘राज्य सबै पिडितकोमा पुग्नै सकेन ।’
राज्य नपुगेको ठाउँमा पुगेको प्रचण्ड बाँडे गाउँको उकालो चढे । फूलचौकी उच्च माध्यमिक विद्यालय प्रांङ्गण उक्लँदै थिए । त्यहाँ रहेका ६५ परिवारलाई एक साथ दुःख सुन्न भ्याए । मूलसडकबाट उनी लाक्षीटोल पुग्दै थिए । धनबहादुर महर्जनले उनी सामु टोलकै दुखेसो पोखे – ‘नगरपालिकाले एक माना चामल दिएका छन् यसले कति दिन खाऔँ हजुर ।’
बुद्ध मा.वि. हुँदै उनी त्रिपालमूनीका जीवन नियाल्न बाँडे गाउँबाट आफ्नो कारगेट तिर बढ्दै थिए । ‘अध्यक्षज्यू, हाम्रो ज्यान बाँचेको छ ।’ एक युवक सुनाउँदै थिए – ‘बाँचेको ज्यानको जिम्मा लिदिनुपर्यो ।’
काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...
काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...
काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ ।
अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...
काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...
काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...
काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...
भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् ।
...
दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...
प्रतिकृया लेख्नुहोस्: