Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

वाइसीएल जुट्यो भूकम्प पीडितको राहत तथा पुनर्रस्थापनामा

काठमाडौं, एमाओवादीको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले अर्ध केन्द्रीत योजना सहित भूकम्पबाट प्रभावित क्षेत्रहरुमा राहत तथा पुनर्रस्थापनाको काम गरि रहेको छ । सोमबार बसेको वाईसीएलको केन्द्रीय बैठकले हालसम्म गरिएको विकेन्द्रीत योजनालाई मुर्त रुप दिँदै नयाँ योजना सहित भूकम्प पीडितको राहत तथा पुनर्रस्थापनामा जाने निर्णय गरेसँगै वाइसीएल सो काममा जुटेको हो । यसैक्रममा लिगले ५०/५० जनाको टिम बनाई प्रभावित क्षेत्रहरुमा पठाएको छ । अहिले उपत्यकाको काठमाडौं, ललितपुर तथा भक्तपुर गरी तीनै जिल्लामा र भूकम्पबाट धेरै प्रभावित भएको सिन्धुपाल्चोकमा गई स्थानिय स्तरमा राहत तथा पुनर्रस्थापनाको काम गर्दैछ । सोही क्रममा लिगले काठमाडौंमा वाइसीएलका जिल्ला अध्यक्ष रुपेसको नेतृत्वमा ५० जनाको टोली खटाएको छ । जसको कमाण्ड भ्याली उपाध्यक्ष ज्वालाले गरीरहेका छन् । त्सैगरी ललितपुरमा जिल्ला अध्यक्ष राजेशको नेतृत्वमा ५० जनाको टोलीले काम गरी रहेको छ । कमाण्ड नेवा राज्यका उपाध्यक्ष विश्वासले गरिरहेरहेका छन् भने भक्तपुरका अध्यक्ष हिमशिखरको नेतृत्व तथा नेवा उपाध्यक्ष हेमन्तको कमाण्डमा समेत टोली परिचालन भएको छ । उपत्यकाको काठमाडौंका १०, ललितपुरका ३ र भक्तपुरका २ निर्वाचन क्षेत्रमा बाईसिएलले काम गरी रहेको छ । सिन्धुपाल्चोकमा भूकम्प पीडितहरुका लागि सुदिप तामाङको नेतृत्वमा स्वास्थ्य शिविर समेत चलाई रहेको वाइसिएलले जनाएको छ ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy