यस्ताे छ अाेलीकाे राजनीतिक पृष्ठभूमि (झापा विद्रोहदेखि प्रधानमन्त्री सम्म)
फाल्गुन ४ गते, २०७४ शुक्रवार 16th February, 2018 Fri०९:११:०० मा प्रकाशित
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको ४१ औं प्रधानमन्त्री बनेका छन्। ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनका तर्फबाट १ सय ७४ जना सांसदको समर्थन रहेको प्रस्ताव लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एमालेका माधवकुमार नेपाल, सुवास नेम्बाङ, विष्णु पौडेलसहितका नेता राष्ट्रपति कार्यालय पुगेका थिए।
दुवै अध्यक्षको हस्तक्षार रहेको समर्थनपत्र प्राप्त गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। प्रधानमन्त्रीको शपथलगत्तै ओलीले लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदको तस्बिरमा माल्यार्पण गरे। त्यसपछि कीर्तिपुर पुगेर पुष्पलालको सालिकमा र बल्खुमा मदन भण्डारीको सालिकमा पनि माल्यार्पण गरेका थिए। ओलीले सिंहदरबार पुगेर पदबहली गरेका थिए।
नवनियुक्त प्रधानमन्त्री ओलीले पार्टी सांसदहरूलाई प्रभावकारी र मर्यादित भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री नियुक्त भएपछि पार्टी कार्यालयमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सांसदहरूलाई आचरण र पहिचानको विषयमा ख्याल गर्न निर्देशन दिए।
ओलीले शपथ ग्रहणमा आउँदा पुरुष सांसदहरूले दौरा सुरुवाल र महिला सांसदलाई सकभर साडी चोलोमा आउन सुझाव दिए। अनुशासनमा बस्न र इमानदारिताको साथ भूमिका निर्वाह गर्न निर्देशन दिए । ओलीले सांसदलाई विदेश र जिल्ला भ्रमणमा जाँदासमेत संसदीय दललाई जानकारी दिन आग्रह गरेका छन्।
राजनीतिक पृष्ठभूमि
तेह्रथुमको इवा–२ मा २००८ साल फागुन ११ मा जन्म– रणामति–६, झापामा बसाइँ सरेपछि सक्रिय राजनीतिमा संलग्न
हाल अनन्तलिंगेश्वर–२, बालकोट भक्तपुरमा स्याथी बसोबास
२०७२ असोज २४ मा पहिलो पटक प्रधानमन्त्री
२०७३ साउन २० मा राजीनामा
पहिलो कार्यकालमा साढे चार महिना लामो भारतीय नाकाबन्दी
चीन भ्रमण गरी यातायात–पारवहनमा द्विपक्षीय सम्झौता
मनमहोन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्रालयको जिम्मेवारी
गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री
२०७१ असारमा एमालेको नवौं महाधिवेशनबाट पार्टी अध्यक्ष
२०७० माघ २१ मा पार्टी संसदीय दल नेता
दोस्रो निर्वाचनमा झापा ७ बाट निर्वाचित
२०४८ र २०५१ मा झापा ६ बाट प्रतिनिधिसभामा निर्वाचित
२०५६ मा झापा २ र ६ बाट निर्वाचित–
२०७४ मा झापा ५ बाट प्रतिनिधिसभामा निर्वाचित
२०२७ को झापा विद्रोहमा सहभागी
‘जनताको बहुदलीय जनवाद’ निर्माणमा महŒवपूर्ण भूमिका निर्वाह
२०२५ मा विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीको नेतृत्व
२०२६ मा संगठित सदस्यता लिँदै माक्र्सवादी अध्ययन दलमा संगठित
२०२६ मा कम्युनिस्ट पार्टीकोे उपसचिवको जिम्मेवारी
२०२७ वैशाखमा नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोसी प्रान्तीय कमिटीको एकीकरणको नेतृत्व
२०४४ पुस २ मा नेकपा (माले) को केन्द्रीय कमिटी सदस्य
२०४६ मा नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुख
२०४७ जेठ १ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष
२०४९ देखि २०७१ असारसम्म एमाले स्थायी कमिटी सदस्य
२०२९ सालमा नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटी प्रमुख
पञ्चायतविरोधी र प्रजातान्त्रिक आन्दोलनमा पटक पटक कारागार
२०२७ फागुन १६ मा झापाबाट गिरफ्तारी
२०३० असोज २३ देखि लामो कारागार जीवन
२०३० मंसिर ८ मा भद्रगोल जेल चलान
२०३६ जेठमा केन्द्रीय कारागार नख्खुबाट मुक्त
२०३७ मा गिरफ्तार भई २०४४ असार ११ मा भद्रगोल कारागारबाट रिहा – तत्कालीन राजा ज्ञानेन्द्रको २०६१ माघ १९ को कदमपछि नजरबन्दमा
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: