Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

‘श्रीमान्’, लार्इ लाज लागेन !

\"\"काठमाडौ । अाफैले गरेकाे निर्णय विपरित सर्वोच्च अदालतका न्यायमूर्तिले पूर्व हुँदा पनि उत्तिकै सम्मान खाेजेका छन्। कुरा यहाँ निर हाे कि प्रधानन्यायाधीश भइसकेका व्यक्तिले कानुन मिचेर किन हिडिरहेका छन् ? सर्वोच्च अदालत आफैले गरेको निर्णय सर्वोच्चकै प्रधानन्यायाधीशले नै नमाने कानूनकाे नै उपहास भएन र श्रीमान् ? कानुनविपरीत सेवा सुविधा लिइरहेकाे कुरा बाहिर अाएपछि कुरा उठाउन मन लाग्याे । शक्तिको दुरूपयोग गर्दै कानुनमै उल्लेख नभएको गाडी, चालक र कार्यालय सहयोगी सुविधा लिएर १४ जना पूर्व प्रधानन्यायाधीशले सेवा लिइरहेका छन् । सरकारले २०५२ सालदेखि मन्त्रिपरिषकाे निर्णयमा विभिन्न व्यक्तिहरूलाई घरभाडा, गाडी, सहयोगी लगायतका सुविधा उपलब्ध गराएकाे थियाे । राजनीतिक दलका नेतादेखि पदमा नरहेका व्यक्तिलेसमेत यस्तो सुविधा लिन थाले पछि उग्ररूप लियाे र विरोध सुरु भयो । सर्वोच्च अदालतले २०५७ साल कात्तिक १६ गते पदमा बहाल नरहेकाहरूलाई दिइएको सुविधा खोस्ने आदेश दियो । त्यस पछि फेरी २०६८ साल मङ्सिर २२ गते धेरै पूर्वविशिष्टहरूको थप सुविधा खोसियो । उत्प्रेषण आदेशको बुँदा नम्बर ११ को ‘ङ’मा यससम्बन्धी कानुन बनाएर मात्रै लागू गर्न भनिएको छ । आदेशमा उल्लेख छ, ‘सरकारको नियमित सेवामा नरहे पनि राष्ट्रको विकास, राष्ट्रियताको उत्थान तथा मर्यादा कायम राख्न र नेपालमा कानुनको शासन र लोकतन्त्रको सुदृढीकरणका लागि उल्लेखनीय सेवा तथा योगदान पुर्याएका व्यक्तिहरूलाई केही समय वा आजीवन कस्तो कति समय उपयुक्त हुन्छ सो समयसम्म सरकारी कोषबाट सम्मानस्वरूप आर्थिक सुविधा दिने बारेमा आवश्यक अध्ययन गरी उपयुक्त कानुन बनाउन नेपाल सरकारको ध्यानाकर्षण गरिएको छ ।’ सर्वोच्च अदालत आफैले उत्प्रेषण आदेश दिएर कानुन बनाएर मात्रै पूर्वविशिष्टहरूको सेवा तथा सुविधा निर्धारण गर्नु भनेको छ । सर्वोच्च अदालत आफैले यस्तो भने पनि २०६९ साल जेठ १८ गते सर्वोच्चका पूर्वन्यायाधीश रणबहादुर बमको हत्या भएपछि सुरक्षाका नाममा पूर्वप्रधानन्याधीशहरूले गाडी सुविधा लिन थाले, जुन गैरकानुनी हो । त्यसपछि सरकारले २०७३ साल चैत ६ गते पूर्वविशिष्टहरूको सेवा सुविधासम्बन्धी विधेयक संसद्मा पेश गर्यो । तर संसद्हरूले उक्त विधेयक सरकारलाई नै फिर्ता गरिदियो र विधेयक फेल भयो । विधेयक फेल भएसँगै उनीहरूले लिएको सुविधा पनि फिर्ता गर्नुपर्ने हो तर उनीहरूले लिएका गाडीलगायतका सुविधा अझै फिर्ता गरेका छैनन् । चरम विवादमा परेपछि प्रधानन्यायाधीश पदबाट भर्खरै राजीनामा दिएका गोपालप्रसाद पराजुलीले सर्वोच्च अदालतबाट गाडी र चालक लिएर गएका छन् । पराजुलीले बा २ झ ३६१५ नम्बरको टोयोटाको सिल्भर कलरको फच्र्युनर गाडी लिएर गएका छन् । यो गाडी सरकारी गाडी भए पनि पराजुलीले बा १८ च ४३६३ नम्बरको निजी नम्बर प्रयोग गरेर यो गाडी चलाइरहेका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: