काठमाडौ । माग्न बस्नेका कारण विकृति फैलिएपछि धार्मिक क्षेत्र पशुपतिलाई मगन्तेरहित बनाउन अभियान थालिएकाे छ ।
‘क्वीक भोलेन्टियर्स’ संस्थाको सहयोगमा अनुसन्धान गरी धार्मिक क्षेत्रबाट माग्नेलाई हटाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा १५२ माग्नेको अभिलेखीकरण भएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताए । नेपाली सेनाबाट भागेका भगौंडासमेत पशुपति क्षेत्रमा मागेर बसेको पाइएकाे छ । भद्र मानिससमेत अश्लील क्रियाकलापमा संलग्न हुने गरेकाे पाइएकाे छ । सेनाका भगौडा बस्नेतलाई कालीप्रसाद गणको जिम्मा लगाए पनि फेरि फर्केर पशुपतिमै माग्न आइपुगेका छन् ।दिनभर पशुपति परिषरका विभिन्न स्थानमा माग्ने र राति सत्तल, देवालय, पाटीपौवामा सुत्ने गर्दा पशुपति क्षेत्र खुला बस्ती जस्तै बनेको छ । यसरी नियमित मागेर गुजारा गर्नेका लागि कोषले पुनःस्थापना अभियान शुरु गरेको छ ।
अभियानअन्तर्गत हाल ७२ जनालाई रोजगारीमा लगाइएको छ । कोषको अनुरोधमा केही मानिस पशुपति क्षेत्रमै निर्माण भइरहेको नेपाल–भारतमैत्री धर्मशालामा काम गर्न थालेका छन् । मागेर जीवन निर्वाह गर्नेमा केही मानसिक रुपमा विक्षिप्त भएका मानिससमेत छन् । मानसिक रुपमा विक्षिप्त महिलालाई पुरुषले दुव्र्यवहार गर्ने गरेको समेत बुद्धि कट्टेलले बताए । माग्नेमध्ये कति अपांग छन् । जसलाई समाजमा पुनःस्थापना गर्न गाह्रो छ । कति क्षयरोग र क्यान्सरका बिरामी छन् । बिरामीलाई उपचारका लागि वीर अस्पताल पठाउँदा सहयोग नपाएको कोषले जनाएको छ ।aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: