Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

साउदीको जेलमा नेपाली, श्रीमान्लाई छुटाउन चितवनदेखि काठमाडौं धाउँदै श्रीमती

काठमाडौँ। गोरखाको भिमसेन गाउँपालिका–७ का ३५ वर्षीय कुमार रानामगर वैदेशिक रोजगारीका लागि २०७२ फागुनमा संयुक्त अरब इमिरेट्स गए । त्यहाँ गएको एक वर्ष नबित्दै दुर्घटनामा परे । दुर्घटनाको जिम्मेवारी कम्पनीले लिएपछि रानामगर रिहा भए । कम्पनीले अब कुनै पनि सजाय नहुने भनेपछि उनले ढुक्क भएर डेड वर्षसम्म सोही कम्पनीमा काम गरे । अचानक सोही कम्पनीबाट रानामगरलाई हस्ताक्षर गर्नुपर्ने भन्दै अदालत पठाएको उनकी श्रीमती अम्बिकाले बताइन्। उनी जेल परे। श्रीमान् जेल परेपछि परिवारको आयस्रोत गुमेको अम्बिकाले पीडा सुनाइन् ।अम्बिकाले भनीन् “मलाई जसरी पनि जेलबाट निकाल्नु भन्ने खबर पठाउनुभएको छ,” । अम्बिका अहिले चितवनमा डेरा गरेर बस्दै आएकि छिन्। आर्थिक अवस्था कमजोर भएपछि उनकी छोरीले पढाइलाई निरन्तरता दिन सकेको छैन । श्रीमती अम्बिका श्रीमानको रिहाइको लागि चितवनदेखि काठमाडौँसम्म नियमित धाउँदै आइरहेकी छिन् । विसं २०७३ असारमा मगरले काम गर्ने कम्पनीको गाडीलाई रोकेर राखेकै अवस्थामा त्यहाँकै स्थानीयवासीको मोटरसाइकलले ठक्कर दिएको थियो । शुरुमा मिलापत्र भए पनि दुर्घटना भएको एक वर्षपछि मोटरसाइकल धनीले अदालतमा दुर्घटनाबापतको क्षतिपूर्ति पाउँ भनी निवेदन दिएपछि समस्या भएको हो । घाइते भएका स्थानीयवासीले मगरबाट रु ५० हजार रियाल क्षतिपूर्ति माग गरेका छन् । रकम जुटाउनकै लागि अम्बिका अहिले मन्त्रालय तथा विभिन्न ठाउँमा आठ महिनादेखि धाइरहेकी छिन् । उक्त रकम नजुटाए रानामगरलाई जन्मकैदको सजाय हुनसक्ने बताइएको छ । कन्सुलर सेवा विभागको तथ्यांक अनुसार २०७५ वैशाखसम्म युएईमा १८५, मलेसियामा १७१, कुवेतमा ७० र कतारमा ४५ जना नेपालीले जेल जीवन बिताउँदैआएका छन् । विसं २०७४ मा बहराइनमा ११, ओमानमा दुई, कोरियामा दुई र इजराइलमा दुई गरी कूल पाँच सय ६१ नेपालीले जेल जीवन बिताइरहेका छन् । “हामीले गम्भिर प्रकृतिका तथ्यांक मात्र राख्ने गरेका छौँ,” विभागका प्रशासकीय प्रमुख गेहेन्द्र राजभण्डारीले भने।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies