Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

राष्ट्रिय मर्यादित महिनावारी दिवस भव्यतापूर्वक सम्पन्न

काठमाडौं, १४ जेठ । महिनावारीका समयमा हुने हिंसा अन्त्य र सरसफाई सुनिश्चित गर्न मर्यादित महिनावारी स्वच्छता नीति बनाउने घोषणा गरिएको छ । राष्ट्रिय मर्यादित महिनावारी दिवस–२०७५ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उपस्थित संघीय संसदका सभामुख कृष्णबहादुर महरासहित संघीय सरकारका मन्त्रीले नीति बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नीति लागू गर्ने सहितको ७ बुँदे सामुहिक प्रतिवद्धता सभामुख महरा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, महिला तथा बालबालिका मन्त्री थममाया थापा, खानेपानी मन्त्री बिना मगर र स्वास्थ्य राज्यमन्त्री पदमा अर्याल लगायतले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि सभामुख महराले सामाजिक कुरीति अन्त्यका लागि संविधान र कानून परिमार्जन गर्न आफ्नो पूरै सहयोग रहने बताए ।

‘आवश्यक कानून परिमार्जन गर्न सम्बन्धित सबै मन्त्रालयले एकीकृत रुपमा प्रस्ताव ल्याए पूरै सहयोग रहन्छ,’ उनले भने । महिनावारीका समयमा हुने छुवाछुतलाई कानूनले अन्त्य गरिसकेको भएपनि सामाजिक र व्यवहारिक रुपमा अन्त्य हुन नसकेको उनले बताए । ‘यसको अन्त्यका लागि जागरण र जनचेतना फैलाउनु आवश्यक छ । मन्त्रालयले नेतृत्व लिएर कार्यक्रम गर्नु जागरणको पाटो हो,’ उनले भने, ‘जागरणका कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्छ ।’

कार्यक्रममा बोल्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले हरेक स्कूललमा महिलामैत्री शौचालय निर्माण गर्न र शौचालयमा पानीको व्यवस्था गर्न मन्त्रालय कटिवद्ध रहेको बताए । ‘मन्त्रालयले किशोरी शिक्षा र महिनावारीका विषयमा समयसापेक्ष पाठ्यक्रम निर्माण गर्ने काम गर्छ,’ उनले भने । महिला तथा बालबालिका मन्त्री थममाया थापाले महिनावारी प्रजननसँग जोडिएको विषय भएकाले सृष्टि सञ्चालनमा महिनावारीको महत्वपूर्ण योगदान रहेको बताए । ‘महिनावारीलाई अहिले संकुचित रुपले हेर्ने गरिन्छ, कुनै ठाउँमा बढी कुनै ठाउँमा कम छ तर, सबैतिर छ,’ उनले भने, ‘यसको अन्त्य गर्न सबै सचेत हुनुपर्छ, महिनावारी हुनु पाप होइन, धर्म हो ।’

कार्यक्रमका सभापति तथा खानेपानी मन्त्री बिना मगरले संसारको सृष्टिकर्ता महिलालाई महिनावारी हुँदा सम्मान गर्नुपर्ने बताइन् । ‘समाजमा समानताका कुरा गर्छाै, देशमा समृद्धिका कुरा गरिरहेका छौं,’ मन्त्री मगरले भनिन्, ‘महिलालाई महिनावारीका बेला हेपेर, मनोवल कमजोर पारेर समृद्धिमा योगदान गर्न सकिँदैन ।’ महिनावारी हुँदा छुवाछुत गर्ने समस्या देशैभरि रहेकाले घर परिवारबाटै यसको अन्त्य गर्नुपर्ने बताइन् ।

‘छाउपडी प्रथाका नाममा महिलाहरू सामाजिक विकृतिको शिकार भएका छन्,’ मन्त्री मगरले भनिन्, ‘सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा छाउगोठमा राख्ने प्रथा भएपनि भान्सा छुन नदिने, पानी छुन नदिने, दाजुभाई छुन नदिने समस्या देशैभरि रहेको छ । तसर्थ, हाम्रै घरपरिवारबाट यसको अन्त्य गर्नुपर्छ ।’

छोरा परिपक्व भएपछि ब्रतबन्ध गरेर विवाह गर्ने लाइसेन्स प्रदान गरिएझै छोरीले महिनावारी भएर प्रजनन् कार्यका लागि प्राकृतिक रुपमै लाइसेन्स स्वीकृति पाएकाले महिनावारी अछुतो नहुने मन्त्री मगरले बताइन् । ‘छोरी महिनावारी हुँदा सम्मान र भोजभतेर गरेर उत्सवका रुपमा मनाउनुपर्छ,’ उनले भनिन्, ‘यसका लागि हामी सबैले सामुहिक प्रतिवद्धता गर्नुपर्छ ।’ महिनावारीलाई मर्यादित बनाउन मन्त्रालयले अझैं सामुहिक सहभागितासहित योजनावद्ध कार्यक्रम बनाउने मन्त्री मगरले बताइन् ।

स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले महिनावारीका बेला हुने छुवाछुत पनि हिंसा नै भएको बताउँदै यो हिंसालाई तोड्नुपर्ने बताइन् । ‘महिनावारी प्राकृतिक भएपनि छुवाछुत प्राकृतिक होइन । मानव र समाज निर्मित छुवाछुत तोड्न र छोड्न सकिन्छ,’ उनले भनिन्, ‘महिला महिनावारी हुँदा हुने हिंसा अब अन्त्य हुन्छ ।’

खानेपानी मन्त्री बिना मगरको सक्रियता पहिलो पटक राष्ट्रिय स्तरमा महिनावारी दिवस मनाइएको छ । दिवसमा खानेपानी मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय र स्वास्थ्य मन्त्रालय आयोजक रहेका थिए भने विभिन्न गैरसरकारी संघसंस्थाले सहयोग गरेका थिए ।

प्रतिवद्धता पत्रमा छाउपडी लगायतका कुप्रथा पूर्णरुपमा निषेध र निर्मुल गर्ने, देशैभरिका सामुदायिक विद्यालयमा नियमित पानीको उपलब्धता सहितको किशोरीमैत्री शौचालय निर्माण, महिनावारीका समयमा विद्यालय आएर निर्धक्क पढ्ने र स्वच्छता सामग्री उपलब्धताको सुनिश्चितता गर्ने, महिनावारीसँग जोडिएका कुरीति र गलत मान्यता परिवर्तन गर्न एकीकृत कार्ययोजना तर्जुमा गरी साझा कार्यक्रम अगाडि बढाउने लगायतका बुँदा समावेश छन् ।

स्थानीय तह, प्रदेश तह तथा संघीय तहको नेतृत्वमा रहेका सबै महिला तथा पुरुष जनप्रतिनिधिले घर परिवार र समाजमा आफैं उदाहरणीय बनेर महिनावारी सम्बन्धी सबै प्रकारका कुसंस्कार अन्त्य गर्ने, विकास साझेदारका तर्फबाट दीगो विकास लक्ष्य पूरा गर्न अघि सारिएका योजना र अभियानमा सक्रिय सहभागिता जनाउने र ‘महिनावारीलाई म र मेरो घरबाट नै मर्यादित बनाउँछु’ भन्ने दृढ अठोटका साथ गरेका प्रतिवद्धता व्यवहारमा लागू गर्ने बुँदा प्रतिवद्धतापत्रमा समावेश छन् । दिवसको अवसरमा आयोजित कार्यक्रममा देशैभरिबाट जनप्रतिनिधि, छात्रछात्रा, अधिकारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: