Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

सगरमाथा आरोही यी व्यक्ति सम्मानित हुँदै, (नामसहित)

काठमाडौँ । एघारौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा मूल समारोह समितिले कीर्तिमानी आरोही तथा आरोहण क्षेत्रमा योगदान पुर्याउनेमा दक्ष जनशक्ति उत्पादन गर्ने नेपाल माउन्टेनरिक इन्स्ट्रक्टर एशोसिएसनलाई रु एक लाख राशिको ‘राष्ट्रिय सगरमाथा पुरस्कार’ प्रदान गरियो । जनही रु ५० हजारसहितको ‘तेञ्जिङ हिलारी पुरस्कार’ सगरमाथाको २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने कामीरिता शेर्पा, सगरमाथाको नौ पटक आरोहण गर्ने महिला ल्हाक्पा शेर्पा र उचाइ (हेलिकप्टर उडान) भर्ने क्याप्टेन ९सिम्रिक एयर प्रालि० का सिद्धार्थ गुरुङलाई कदरपत्रका साथ प्रदान गरियो । यस्तै एकै परिवारका सात आरोही र एकै परिवारका चार जना एउटै समयमा सगरमाथाको चुचुरामा पुगेर कीर्तिमान बनाउनेलाई गिनिज बुक अफ वल्र्ड रिकर्डसको प्रमाणपत्र प्रदान गरियो । सगरमाथा आरोहण गर्ने एकै परिवारका सात दाजुभाइमा मिङ्माछिरि शेर्पा(१९ पटक), निमागोम्बु(१८), पासाङतेञ्जिङ (११), ठूडु(१०), आङ्छिरिङ (१), निमातेम्बा(१) र पेमाथिलि(१) रहेका छन् । त्यसैगरी एकै समयमा सगरमाथा आरोहण चार दाजुभाइमा फुर्वातेञ्जिङ शेर्पा, फुर्वाथिलि, पेम्बादोर्जे र दावादिकी छन्। ती सबै पुरस्कार र प्रमाणपत्र खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले प्रदान गरे । सो अवसरमा मन्त्री मगरले सगरमाथालगायत हिमाल आरोहण गरी नेपाललाई विश्वमा चिनाउने साहसी आरोहीलाई राज्यले विशेष सम्मान र सुविधा उपलब्ध गराउनुपर्ने औंल्याउका छन् । सगरमाथा आरोहीसमेत रहनुभएका मन्त्री मगरले सगरमाथा चढाउने शेर्पाको जिम्मेवारीलाई महत्वपूर्ण रुपमा लिई तिनलाई आवश्यक सुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिए । “शेर्पाले आरोहीको जीवन बोकेर पाइलैपिच्छे मृत्युलाई जितेर सगरमाथाको चुचुरोमा पु¥याउँछन् तर पनि ओझेलमा छन्, त्यसैले सगरमाथासहितका हिमाल आरोहणमा महत्वपूर्ण भूमिका खेल्ने शेर्पालाई उच्च सम्मानसहितको व्यवस्थाका लागि सरकारी नीति आवश्यक छ, त्यसका लागि म पहल लिनेछु,”, मन्त्री मगरले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं मूल समारोह समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटाले देशको गौरव, मान र शान सगरमाथाको संरक्षण र प्रवद्र्धनका लागि सरकारले कुनै कसूर बाँकी नराख्ने बताए। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सगरमाथाको पहिचानलाई विश्व बजारमा प्रवद्र्धन गर्न लाग्नुपर्नेमा जोड दिए । नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले पर्वतीय पर्यटनलाई व्यवस्थित गर्न सरकार र निजी क्षेत्रको साझेदारिता चाहिने उल्लेख गरे। विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने मिङ्मा शेर्पाले हिमाल आरोहणमा योगदान गर्ने शेर्पा आरोही तथा पथप्रदर्शकको जीवनोपयोगी सुविधाका लागि राज्यले ध्यान दिनुपर्ने माग गर् । सगरमाथाको २२ पटक आरोहण गर्ने कीर्तिमानी आरोही कामीरिता शेर्पाले जीवनको जोखिम मोलेर स्वदेशी तथा विदेशीलाई सगरमाथाको चुचुरामा पु¥याउने शेर्पा आरोही ओझेलमा परेकाले तिनको भूमिकालाई राज्यले कदर गर्नुपर्नेमा जोड दिए । यसअघि बिहान ठमेलबाट भृकुटीमण्डपसम्म प्रभातफेरी गरिएको थियो । नेपालका तेञ्जिङनोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरामा पहिलो पटक पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिएका थिए । सगरमाथामा पहिलो पटक मानव पाइला टेकेको ६५ वर्ष पुगेको छ । सोही दिनको स्मरणमा सरकारले हरेक वर्ष मे २९ लाई सगरमाथा दिवसका रुपमा मनाउने गरेको छ । आरोही हिलारीको विसं २०६४ पुस २७ गते निधन भएको थियो । सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाइँदै आएको छ । हिलारीको निधनपछि सो दिवस मनाउन थालिएको हो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies