Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

लेखापद्धति अन्तर्राष्ट्रिय मापदण्डअनुसार : अर्थमन्त्री

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी दिनमा लेखापद्धति अन्तर्राष्ट्रिय मापदण्डमा आधारित बन्दै जाने बताएका छन् । मंगलबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको आठौँ परिषद्बाट निर्वाचित पदाधिकारीको शथपग्रहण तथा अवार्ड वितरण कार्यक्रममा अर्थमन्त्री खतिवडाले लेखा परीक्षण विधेयक संसद्मा गइसकेको जानकारी दिँदै यस विधेयकले लेखापद्धतिलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - सरकारको खर्च गर्ने संस्था र निकायहरूमा भएको परिवर्तनले लेखा परीक्षणको काममा अझ बढी चाप पर्न जाने उनको भनाइ छ । ‘नयाँ प्रकारका अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका लेखा परीक्षणका विधि, मूल्य मान्यता र पालना गर्नुपर्ने पक्षलाई विधेयकले समेटेको छ,’ उनले भने, ‘सोहीअनुसार लेखा परीक्षण गर्न गराउन संस्थाले जिम्मेवार बनाउनेछ ।’ संस्थाले आफ्ना सदस्यको क्षमता अभिवृद्धि, राम्रो काम गर्नेलाई पुरस्कृत तथा गल्ती गर्नेमाथि कारबाहीसमेत गर्नुपर्ने अर्थमन्त्री खतिवडाले बताए । यी कम्पनीले जिते अवार्ड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट उत्कृष्ट वार्षिक प्रतिवेदनमा अवार्ड जित्न सफल कम्पनीहरूमा जनरल सेक्टर ‘अन्य’ अन्तर्गत कर्जा सूचना केन्द्र लिमिटेड रहेको छ भने जनरल सेक्टरकै सर्भिसमा ¥याडिसन होटेल तथा म्यानिफ्याक्चरिङमा बुटवल पावर कम्पनी लिमिटेड र बोटलर्स नेपाल लिमिटेड रहेका छन् । त्यस्तै, बैंकिङ सेक्टरमा सेकेन्ड रनरअप नेपाल एसबिआई बंैक हुँदा फस्ट रनरअप स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेड र प्रथम सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रहेका छन् । आइक्यानमा जगन्नाथ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आइक्यान)को आगामी एकवर्षे कार्यकालको नेतृत्व जगन्नाथ निरौलाले गर्दै छन् । संस्थाको आठौँ परिषद्को पहिलो कार्यकालका लागि निरौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । संस्थाका उपाध्यक्ष कृष्णप्रसाद आचार्य रहेका छन् । यो नेपालमा लेखा व्यवसायको नियमनकारी निकाय हो । संस्थाको परिषद्मा चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूबाट १०, दर्तावाल लेखापरीक्षक सदस्यबाट ४ जना पार्षद् निर्वाचित हुनेछन् भने ३ जना पार्षद् नेपाल सरकारले मनोनीत गर्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending