Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन : प्रदेश १ का खेलाडीको आँखा उपाधिमा

धरान । विराटनगरकी ब्याडमिन्टन खेलाडी सीमा राजवंशी भारतमा २१ दिनको ब्याडमिन्टन खेल प्रशिक्षण लिएर फर्किएकी छन्। नेपालमा पनि निकै कडा अभ्यास गरिरहेकी उनी यसपटकको अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्नका लागि आफूले तयारीमा कुनै कसर नछाडेको बताउँछिन्। अाजकाे अन्नपुर्णपाेष्ट दैनिकमा याे खबर छ - खेल जित्नका लागि नै खेल्ने बताउँदै उनले भनिन्, ‘जित्छु भनेर नै अहिले धेरै तयारी गरिरहेकी छु।’ प्रदेश १ स्तरीय प्रतियोगितामा उनले महिला एकल, महिला यू—१९ र मिक्स डबल तीनवटै स्पर्धाको उपाधि जितेकी थिइन्। साउन ७ गतेदेखि काठमाडौंमा आयोजना हुने अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको उपाधि हात पारेर प्रदेश नम्बर १ को लागि इतिहास रच्ने उनको सपना छ। सीमासँगै प्रदेश १ बाट छानिएका अन्य खेलाडीले पनि तयारी तीव्र बनाएका छन्। खेलाडीले तालिम लिने र बिहान बेलुका कडा अभ्यास गरेर तयारी गरिरहेका छन्। प्रदेशस्तरीय छनोटको तीन विधामा उत्कृष्ट बनेका धरानका सुजन श्रेष्ठ पनि उत्कृष्ट खेल प्रदर्शन गरी उपाधि हात पार्ने उद्देश्यले तयारी गरिरहेका छन्। ‘उपाधि जित्न दैनिक धरान— १३ स्थित अमर सेवा समाजको कभर्ड हलमा ट्रेनिङ लिइरहेको छु,’ उनी भन्छन्। सुजन धरानमा भएको प्रदेशस्तरीय छनोटमा पुरुष युगल, मिक्स डबल र पुरुष डबलतर्फको विधामा प्रथम भएका थिए। झापाका प्रनिशसिंह ठकुरी पनि यस पटकको प्रतियोगिताको उपाधि प्रदेश १ मै भित्र्याउनका लागि एक महिनादेखि धरानमा बसेर प्रशिक्षण लिइरहेका छन्। छनोट चरणमा यू—१९ तर्फको उपाधि जितेका उनले अन्नपूर्ण पोस्ट् इन्टरनेसनल ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्ने अठोट लिएका छन्। प्रदेशस्तरीय छनोटका क्रममा यू—१९ र पुरुष डबल्स स्पर्धामा प्रथम तथा पुरुष युगलतर्फ दोस्रो भएर उनी तीनवटा विधाका लागि छनोट भएका थिए। सानै उमेरदेखिको ब्याडमिन्टन खेलाडी बन्ने चाहना अन्नपूर्ण पोस्ट्ले पूरा गरिदिएको बताउने धरानका सत्यम सुब्बा पनि यतिबेला कडा अभ्यासमा व्यस्त छन्। उनी यू—१९ स्पर्धाका लागि छनोट भएका हुन्। सुजन, सीमा, प्रनिश र सत्यमबाहेक प्रदेश १ स्तरीय छनोटमा परेका अन्य खेलाडी पनि उपाधि जित्ने अठोटसहित कडा अभ्यासमा सक्रिय छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending