Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

यातायात व्यवसायीका समितिसँग सरकारले माग्यो हिसाब

काठमाडौं । सार्वजनिक यातायातका क्षेत्रमा ४० वर्षदेखि सिन्डिकेट गर्दै आएका यातायात व्यवसायीका समितिसँग सरकारले हिसाब मागेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले यातायात समितिको अनिवार्य खर्च दायित्व भुक्तानी दाबीका लागि ३५ दिने सूचना प्रकाशित गरेको छ। आजको अन्नपूर्णपोष्ट दैनिकमा यो खबर छ - सार्वजनिक यातायात क्षेत्रमा रहेको सिन्डिकेट यही साउन १ गते खारेज भएपछि सरकारले यातायात समिति र संघसँग हिसाब मागेको हो। साउन ४ गतेको मन्त्रिपरिषद्को निर्णअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले समितिसँग हिसाब माग गरेको छ। समितिले गरेको खर्चका आधारमा बन्द रहेको खाताबाट समितिले आवश्यक र खर्च भएको रकम मात्रै निकासी गर्न पाउनेछन्। प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ’समितिको सवारी दुर्घटनाका घाइतेको उपचार खर्च, संघसंस्थामा कार्यरत कर्मचारीको तलब, बिजुली पानीलगायत संस्थाले पूरा गर्न बाँकी अनिवार्य दायित्वको यकिन विवरण ठोस प्रमाणसहित यो सूचना जारी भएको मितिले ३५ दिनभित्र पेस गर्नु हुन सरोकारवालालाई जानकारी गराउँछौं।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending