Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

प्रतिपक्षीको सामना गर्नुस्, सफलतामा डटेर लाग्नुस्

पार्टीका सांसदलाई ओली र प्रचण्डको निर्देशन काठमाडाैं । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. गोविन्द केसीसँग सरकारले गरेको सहमति, प्रतिपक्षीले खेलेको भूमिका र नेकपाले संसदमा खेल्नुपर्ने भूमिकाबारे आफ्ना सांसदलाई ब्रिफिङ गरेका छन् । संसदीय दलको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनीहरूले संसदमा भूमिका प्रभावकारी बनाउन निर्देशनसमेत दिएका हुन् । एक–दुईजना उभिँदैमा संसद् अवरुद्ध हुन दिनुहुन्न : प्रधानमन्त्री अाजकाे नयाँ पत्रिका  दैनिकमा याे खबर छ - प्रधानमन्त्री ओलीले संसद्मा एक–दुईजना उभिएका भरमा संसद् अवरुद्ध हुन दिन नुहुने बताए । ओलीले संसद् अवरोध गरेर जनताको अधिकार हनन हुन दिनु नहुने बताएका हुन् । ३ असोजसम्म संसद्ले मौलिक हकसँग सम्बन्धित कानुनहरू बनाइसक्नुपर्ने समयसीमा रहेको भन्दै उनले कसैले पनि संसद् अवरोध गरेर जनताको अधिकार खोस्न नसक्ने स्पष्ट पारे । संसद् अवरुद्ध हुँदा कानुन निर्माण कार्यसूची प्रभावित हुने उनको भनाइ थियो । ‘यी सबै काम समयमै सक्न हाम्रा सांसदहरूले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बल दिनुपर्छ,’ ओलीले भने । सांसदहरूलाई सरकारका काम कारबाहीबारे डटेर कुरा राख्न निर्देशन दिए । ‘संसदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरूले अगुवाइ गर्ने, नयाँ साथीहरूले त्यसलाई पछ्याउने गर्नुप-यो,’ प्रधानमन्त्री ओलीले भने, ‘शीर्ष नेताहरूले सरकार, नीति तथा कार्यक्रम र बजेटका पक्षमा खुलेर कुरा राख्नुपर्छ । जसले गर्दा संसद् र जनतामा पनि राम्रो सन्देश प्रवाह हुन्छ ।’ मन्त्रालय फुटायो भन्नुको कुनै तुक नरहेको पनि बताए । षड्यन्त्र चिर्न तयार भएर बस्नुस् : प्रचण्ड बैठकमा अध्यक्ष प्रचण्डले कम्युनिस्ट नेतृत्वमा दुईतिहाइको स्थिर सरकार बनेकामा अस्थिरता चाहनेहरूलाई मन नपरेको बताए । उनले षड्यन्त्र चिर्न तयारी अवस्थामा रहन सांसदहरूलाई निर्देशन दिए । ‘कम्युनिस्ट एकता, दुईतिहाइ बहुमतको सरकार नेपालमा अस्थिरता चाहने तत्वहरूलाई मन परेको छैन, त्यसैले उनीहरूले साना–साना कुरालाई पनि उपयोग गरेर षड्यन्त्र गरिरहन्छन्,’ अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै नेता अग्नि सापकोटाले भने, ‘सरकारविरुद्ध वेला–वेला विभिन्न फन्डा आइरहन्छन्, जनतालाई सचेत पार्न र डटेर मुकाबिला गर्दै अघि बढ्न तयारी अवस्थामा बस्नुहोस् ।’ उनले राम्रा–राम्रा काम गरेर षड्यन्त्र चिर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending