Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

चुम्लिङटार बस दुर्घटनामा ८ को मृत्यु, १७ घाइते, ६ गम्भीर

काठमाडाैं । इच्छाकामना गाउँपालिकाअन्तर्गत पृथ्वी राजमार्गको चुम्लिङटार सडकखण्डमा शुक्रबार भएको बस दुर्घटनामा ८ यात्रुको मृत्यु भएको छ । १७ घाइते भएका छन् । काठमाडौंबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको बस विपरीत दिशाबाट गइरहेको ट्रकसँग ठक्कर खाँदा त्रिशूली नदी किनारमा खसेको हो । अाजकाे नयाँ पत्रिका  दैनिकमा याे खबर छ - ना.६ख २५०६ नम्बरको बस काठमाडौंबाट पोखरा हुँदै वालिङ जाँदै थियो । मुग्लिनबाट मलेखुतर्फ जाँदै गरेको ना.५ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाएपछि बस सडकबाट २० मिटर तल त्रिशूली नदी किनारको खोँचमा खसेको चितवन प्रहरीका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । मृत्यु भएका ६ यात्रुको सनाखत दुर्घटनामा मृत्यु भएका ६ यात्रुको सनाखत भएको छ । डिएसपी ढकालका अनुसार पाल्पा बेगनास कालिकाका ३२ वर्षीय अर्जुन न्यौपाने, तनहुँ भानु–५ का २७ वर्षीय समित श्रेष्ठ, तनहुँ भन्सारकी २७ वर्षीया कमला श्रेष्ठ, काठमाडौंका ३० वर्षीय रविन गुरुङ, तनहुँ केशवटारका ४० वर्षीय बाबुराम तिवारी र भारत बेतियाका ४० वर्षका फिरोज मियाँको सनाखत भएको हो । मियाँको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य दुई मृतकको भने सनाखत भएको छैन । सनाखत नभएका एक महिला र एक बालक छन् । ६ यात्रु गम्भीर घाइते दुर्घटनामा १७ यात्रु घाइते भएका छन् । ६ घाइतेको अवस्था गम्भीर छ । ७ घाइतेको पुरानो मेडिकल कलेज भरतपुर र ४ को मनकामना अस्पतालमा उपचार भइरहेको छ । ५ घाइतेलाई पोखरातर्फ लगिएको छ भने एकको मलेखुमै उपचार भएको डिएसपी ढकालले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending