श्रावण १३ गते, २०७५ आइतवार 29th July, 2018 Sun०९:१८:३२ मा प्रकाशित
प्युठान । प्युठान नगरपालिका–६ माझकोट गुरुङगाउँकी बीना गुरुङको परिवार टमाटर (गोलभेंडा) खेतीले धानिएको छ । ६ वर्षदेखि उनले व्यावसायिक रूपमा गाउँमै टमाटर खेती गर्दै आएकी छन् । उनले छोराछोरीसहित पाँच जनाको परिवार यसैबाट चलाउँदै आएकी थिइन् । टमाटर बेचेरै उनले वार्षिक पाँच÷छ लाख रुपैयाँ कमाउने गर्थिन् । तर यसपटक सोचेजस्तो मूल्य नपाएपछि उनमा चिन्ता छ ।
अाजकाे अन्नपुर्णपाेष्ट दैनिकमा याे खबर छ - ‘पोहोर साल एक किलोलाई ७० रुपैयाँसम्ममा बेच्यौं’, उनले भनिन्, ‘अहिले चार गुणाले मूल्य घट्यो ।’ हिजोआज बाग्दुला पुगेर प्रतिकिलो १७ रुपैयाँमा टमाटर बिक्री गरिरहेको उनले सुनाइन् । यस वर्ष जसोतसो तीन लाख रुपैयाँसम्म आम्दानी हुने उनले आस गरेकी छन् । गुरुङगाउँसहित खलिगाउँ, लम्छ्याङनेटाका किसान डोकामा बोकेर टमाटर बिक्री गर्न जिल्लाको मुख्य बजार बाग्दुला पुग्ने गर्छन् । सोचेजस्तो मूल्य नपाएपछि व्यावसायिक रूपमा लागेका ५० बढी किसान मर्कामा परेका छन् । जिल्लाबाहिरबाट सस्तो मूल्यमा टमाटर भित्रिन थालेपछि आफूहरूको उत्पादनले राम्रो मूल्य नपाएको किसानहरूको गुनासो छ । दाङको लमही, रोल्पा, सल्यानको कपुरकोटलगायत ठाउँबाट सस्तोमा टमाटर जिल्ला भित्रिने गरेको छ ।
‘बाहिरी जिल्लाबाट आठ रुपैयाँमै टमाटर आउँदो रहेछ’, माझकोट गिठेचौरका ३५ बर्से टमाटर किसान बालाराम पुनले भने, ‘अरू जिल्लाका किसानसँग प्रतिस्पर्धा गर्न सकिएन ।’ बारीमा कुहिएर सड्न दिनुभन्दा सस्तोमै बेच्न बाध्य भएको उनले गुनासो गरे । ‘टमाटर गाउँ’ भनेर चिनिएको ‘गुरुङ’ गाउँका धेरै किसानले टमाटर बेचेरै आर्थिक प्रगतिसमेत गर्दै आएका छन् । यस खेतीबाट किसानले सन्तानको शिक्षादीक्षादेखि सहरमा घरघडेरीसमेत जोडेका छन् ।
सबै किसानले बाग्दुला पुल्चोकस्थित हरिओम कृषि सहकारी संस्थाले सञ्चालन गरेको संकलन केन्द्रमा टमाटर बिक्री गर्न लैजाने गर्छन् । सरदर दैनिक १५ क्विन्टल टमाटर माझकोटबाटै आउने गरेको सहकारीका व्यवस्थापक पदमबहादुर थापाले जानकारी दिए । ‘पोहोर साल प्रतिकिलो ७० रुपैयाँसम्म टमाटर राखेका थियौँ’, थापाले भने, ‘यसपालि बाध्य भएर सस्तोमा खरिद गर्नुपरेको छ ।’ १५ वर्षदेखि गुरुङ गाउँका किसानले फलाएको टमाटर संकलन केन्द्रमा खरिद गर्दै आइरहेको उनले सुनाए ।
जिल्लामा प्रशस्त टमाटर उत्पादन भए पनि बाहिरबाट भित्रिने गरेको छ । माझकोटमा एक सिजनमा करिब २० लाख रुपैयाँ टमाटर बिक्रीबाट भित्रिने गररेको छ । किसानहरूले असारदेखि पुससम्म टमाटर उत्पादन गर्ने गर्छन् । साउनमा धेरै उत्पादन हुने भएकाले बजारमूल्यमा गिरावट हुने गरेको व्यवसायी बताउँछन् । बाग्दुला–खलीगाउँ–गुरुङगाउ–लम्छ्याङनेटा सडक बर्खामा ठप्प हुने भएपछि किसानहरूले डोकोबाटै बोकेरै टमाटर बजार पु¥याउने गर्छन् ।
जिल्लामै सबैभन्दा धेरै टमाटर गुरुङ गाउँमा उत्पादन हुने गर्छ । यसअघि जिल्ला कृषि विकास कार्यालय प्युठानले गुरुङ गाउँलाई टमाटरको पकेट क्षेत्रको रूपमा घोषणा गरेको छ । कृषिसँग सम्बन्धित संघसंस्था एवं कार्यालयहरूले यस गाउँमा टमाटरखेतीसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सीप विकास तालिम, अनुदान, प्रविधि पाएपछि व्यवसायिक रूपमा लागेका किसानहरू बजारमा राम्रो मूल्य नपाउँदा निरास बन्दै बन्न थालेका हुन् । जिल्लाको उत्पादन जिल्लामै खपत हुने खालको वातावरण मिलाइदिन किसानहरूले सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन् । माझकोटमा उत्पादित टमाटरमा रासायनिक औषधि प्रयोग नभएको किसानहरूको दाबी छ ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: