श्रावण १३ गते, २०७५ आइतवार 29th July, 2018 Sun०९:३२:३७ मा प्रकाशित
बिर्तामोड ।सवारी साधन लिएर जिल्ला प्रशासन कार्यालय झापा गए ५ सय मिटर अगाडिको सडकछेउ पार्किङ गर्नुपर्र्छ । कार्यालय अगाडि सेवाग्राहीले सवारी साधन पार्किङ गर्लान् कि भनेर प्रहरी नै खटिएका छन् । दायाँ–बायाँ ‘नो पार्किङ’ लेखिएका बोर्ड राखिएका छन्, जसका कारण सेवाग्राही ५ सय मिटर परबाट पैदलै प्रशासन कार्यालय पुग्नुपर्छ ।
अाजकाे अन्ननपुर्ण दैनिकमा याे खबर छ - मालपोत, वन, आन्तरिक राजस्व, भूमिसुधार र निर्वाचन कार्यालयमा पनि सेवाग्राहीका लागि पार्किङ सुविधा छैन । बजारबाट कार्यालय क्षेत्रतर्फ जाने सडकका दायाँ–बायाँ अव्यवस्थित रूपमा पार्किङ गरिने हुँदा दैनिकजसो अस्तव्यस्त बन्ने गरेको छ ।
केही सेवाग्राहीले सवारी साधन जिसस, शिक्षा, सिँचाइ र अदालतको गेट खुला हुने भएकाले त्यही कार्यालय परिसरमा राख्छन् । यी स्थान पनि भरिएपछि मुख्य सडकका दायाँ–बायाँ क्षेत्रमा सवारी साधन राख्न सुरु हुन्छ । सबैभन्दा बढी चाप हुने सरकारी कार्यालयमै पार्किङ नहुँदा सेवाग्राहीलाई सास्ती हुने गरेको छ ।
पार्किङ निषेधित क्षेत्र तोकिएका कार्यालय अगाडि दुवैतर्फ सडकमै पार्किङ गर्नुपर्ने समस्या छ । मालपोत, प्रशासन र राजस्वमा आउने ठूला व्यवसायीसँग पालेको चिनजान भएकाले सोझै प्रवेश गर्न दिने तर अरूलाई भित्र पार्किङमा निषेध गर्ने परिपाटी पनि रहेको जनाइएको छ । ‘करिब एक किलोमिटर पर सवारी साधन राखेर कार्यालय आउनुपर्छ, कहिले हेलमेट चोरिएको हुन्छ त कहिले लुकिङ ग्लास नै फुटाएको हुन्छ, सवारी पनि सुरक्षित हुँदैन’, मालपोत कार्यालयमा भेटिएका बुधबारेका खगेन्द्र निरौलाले भने, ‘पार्किङ व्यवस्थापनमा सरकारी अड्डाले चासो दिएको देखिँदैन ।’
करिब एक वर्षअघि सवारी साधन व्यवस्थित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले व्यवस्थापनसमेत गर्दै आएको थियो । तर, अहिले जनशक्ति अभावमा त्यहाँ परिचालन नगरिएको ट्राफिकले जनाएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पार्किङ मिलाउन नगरपालिकासँग छलफल गरी नजिकै भएका खाली जग्गा सदुपयोग गरिने बताए । भने, ‘सेवाग्राहीले सास्ती भोगेको हामीले पनि बुझेका कारण चाँडो समस्याको निकास खाज्दै छौं ।’
ट्राफिक नराख्नु र कार्यालयहरूले सेवाग्राहीका लागि पार्किङको व्यवस्थापन नगर्दा सदरमुकाम अस्तव्यस्त बन्न थालेकोमा कसैले चासो नदेखाएको सेवाग्राहीको गुनासो छ । जिल्ला प्रशासनमा भेटिएका बिर्तामोडका राजु सुब्बाले भने, ‘मुख्य कार्यालय यहीं छ, दैनिक सयौं सेवाग्राही आउने कार्यालयमा पनि पार्किङको सुविधा छैन ।’ काम नसकिउन्जेल मोटरसाइकल हरायो कि छँदै छ भन्ने तनाव हुने गरेको उनले सुनाए ।
भद्रपुर नगरपालिकाले जिल्ला हुलाक कार्यालय जाने सडकछेउ पार्किङको व्यवस्था मिलाए पनि स्थान पर्याप्त नभएको चन्द्रगढी बजारका सन्तोष बरालले बताए । नगरपालिकाले पार्किङको ठेक्कासमेत लगाएको र ठेकेदारका कर्मचारीले भने जताततै राखिएका सवारी साधनबाट रकम असुल्ने गरेको सेवाग्राही गुनासो गर्छन् । नगरपालिकाले यसतर्फ ध्यान नदिएको भद्रपुरका महिम शेखले बताए ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: