Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

एयरपोर्टमा द्वन्द्वका टनेल

रोल्पा । रोल्पाको एक मात्र विमानस्थल अलपत्र परेको छ । २०४५ सालसम्म सेनाको ट्विनटर जहाजले उडान भर्दै आएको थियो । त्यसयता वडाचौर विमानस्थल बन्द अवस्थामा छ । अाजकाे अन्नपुर्णपाेष्ट दैनिकमा याे खबर छ - विमानस्थलमा जहाजको नभई दशबर्से द्वन्द्वको ‘डोब’ देख्न सकिन्छ । जहाज अवतरण गरिँदै आएको चौरभरी द्वन्द्वकालीन बंकर र टनेल बनाइएको अवशेष अहिले पनि छन् । द्वन्द्वकालीन समयको उत्तराद्र्धमा तत्कालीन विद्रोही नेकपा माओवादीले जिल्लाका खुलाचौर र अग्ला डाँडामा सयौं बंकर र टनेल निर्माण गर्न लगाएका थिए । उतिबेला नै विमानस्थलको खुलाचौरमा पनि बंकर र टनेल निर्माण गरिएको हो । सुनछहरी गाउँपालिका–४ सिउरीबासी एवं पत्रकार हर्क घर्ती मगर भन्छन्, ‘एयरपोर्टमा अंग्रेजी सी, ओ, एल र प्लस आकारका बंकर बनाइएको अहिले पनि देख्न सकिन्छ ।’ लामा लामा सुरुङ पनि खनिएको छ । बंकर र टनेलमा अहिले हरियो दुबो उम्रिएको छ । टाढैबाट देख्न सकिने एयरपोर्ट पुग्दा द्वन्द्वकालीन झल्को दिन्छ । स्थानीयका अनुसार द्वन्द्वताका एयरपोर्टमा ‘दुस्मनको हेलिकोप्टर र फौज’ उत्रिन सक्ने भन्दै काठको लिंगो गाड्नसमेत पठाएका थिए । काठको लिंगो ठडिएकाले हेलिकोप्टर बस्न नसक्ने र टनेलबाट फौजी प्रतिरोध गर्ने प्रयोजनले यस्तो संरचना बनाएको तत्कालीन विद्रोही एक नेताले बताए । विमानस्थल सञ्चालनका लागि जनताले पटकपटक माग गर्दै आए पनि नेता र सरकारी तवरबाट सुनुवाइ हुन सकेको छैन । नेताले चुनावका बेला विमानस्थल सञ्चालनको एजेन्डा नबनाएका पनि होइनन् । तर एजेन्डा चुनावी नारामै सीमित भयो । सदरमुकाम लिबाङबाट ३५ किलोमिटरको दूरीमा रहेको विमानस्थल दुई वर्षअघि उपराष्ट्रपति नन्दबहादुर पुनले सुलिचौर–गाम सडकको उद्घाटन गर्न आएका बेला अवलोकनसमेत गरे । राष्ट्रपति पुनसँगै त्यसबेलाकी सभामुख ओनसरी घर्ती, हालका सभामुख कृष्णबहादुर महरा, ऊर्जामन्त्री वर्षमान पुनले बडाचौर विमानस्थलमा हेलिकोप्टर अवतरण गरी अवलोकन गरेका थिए । सरकारका विशिष्ट पदमा भएकाहरूले अवलोकनपश्चात् सञ्चालनमा पहल गर्ने बताएपछि गाउँले हौसिएका थिए । अवलोकनपश्चात् उपराष्ट्रपति पुनले अलपत्र विमानस्थल पुनः सञ्चालनमा ल्याउने बचनसमेत दिएका गाउँले अभैm स्मरण गर्छन् । ‘उपराष्ट्रपति पुनले अर्थमन्त्री रहेका बेला तत्काल दुई करोड छुट्याएर अलपत्र विमानस्थल मर्मत र संरक्षण गर्न निर्देशनसमेत दिएका थिए’, एयरपोर्ट सञ्चालनको पहल गर्दै आएका राप्रपा नेता अमरबहादुर थापा बताउँछन् । विमानस्थलमा उम्रिएका बुट्यान बिरुवा उनकै पहलमा फडानी पनि गरिएको छ । ‘मेरो व्यक्तिगत पहलमा भए पनि ट्विनटर जहाज अवतरण गराएर नेता र सरकारलाई चुनौती दिने सोचमा छु’, अमरबहादुर जोसिँदै भन्छन्, ‘जिल्लामा एउटा विमानस्थल हुनैपर्छ ।’ २०४५ सालसम्म तत्कालीन शाही नेपाल वायु सेवा निगमका ट्विनटर विमानले यहाँ उडान भर्दै आएका थिए । राप्रपा नेता थापाका अनुसार ०३५ सालमा विमानस्थल निर्माण भएको हो । पञ्चायतकालमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका बालाराम घर्तीमगरले विमानस्थल उद्घाटन गरेका थिए । डोल्पाको डुनै–रोल्पाको बडाचौर–पोखरा र काठमाडौं सातामा एकपटक उडान हुँदै आए पनि बहुदलपश्चात् विमानस्थल बन्द भएको हो । सशस्त्र द्वन्द्वले यहाँका भौतिक संरचना भत्किएका छन्, कार्यालय भवनहरू भग्नावशेष बनेका छन् । पूर्वपश्चिम राजमार्ग भालुबाङदेखि लिबाङसम्म सडक जोडिएपछि र सरकारी बेवास्ताका कारण विमानस्थल बौरिन नसकेको हो । माओवादीका तत्कालीन नेता लोकेन्द्र विष्ट मगर पर्यटन मन्त्री छँदा विमानस्थल बन्ने निकै चर्चासमेत चलेको थियो । नेताहरूले सदरमुकाम नजिकका स्थानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनको पहलसमेत थालेका थिए । पूर्वीरोल्पालीले अलपत्र विमानस्थल सुचारु गर्न पहल नगरेको र नयाँ विमानस्थलको खोजी भएको भन्दै विरोधसमेत जनाएका थिए । त्यसपछि विमानस्थलको चर्चा सेलाएको हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy