Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

धरान नगरको प्रमुख अब को ?

सुनसरी । तारा सुब्बाको निधनपछि रिक्त धरान उपमहानगरका प्रमुख पदका लागि उपनिर्वाचनको टुंगो लागेको छैन । तर दलहरूबीच भने उम्मेदवार हुने आकांक्षी चर्चामा आउन थालेका छन् ।सुब्बाको साउन १ गते उपचारका क्रममा निधन भएको थियो । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - नेकपामा रमेश बस्नेत, इन्द्र राई, प्रकाश राई, अइन्द्रविक्रम बेघा, पदम इस्वो, मोती सुनुवार, नारायण सुवेदी र मनोजकुमार मेन्याङ्बोलगायतको नाम चर्चामा छ । नेकपाका जिल्ला संयोजक रमेश बस्नेतले भने, ‘अहिले खासै तयारी छैन । नगर प्रमुख तारा सुब्बाको देहान्तको शोक अझै छ, निर्वाचन आयोगले तयारी नगरेसम्म पार्टीमा कुनै चर्चा नगर्ने निर्णय भएको छ ।’ कांग्रेसबाट जिल्ला सचिव सुजेन्द्र तामाङ, नगर सभापति तिलक राई, पूर्वनगर सभापति किशोर राईको चर्चा चल्न थालेको छ । गत स्थानीय तहको चुनावमा कुल मतदाता ७९ हजार ८ सय १२ मतमा ५३ हजार ८ सय १२ मत खसेको थियो । उक्त चुनावमा तत्कालीन एमालेले २० हजार ९ सय ७५, संघीय समाजवादी फोरमलाई उपमेयर दिएर गठबन्धन गरेको कांग्रेसले १६ हजार १ सय २ र माओवादी केन्द्रले ११ हजार १ सय ८० मत प्राप्त गरेको थियो । निर्वाचन आयोगको नियमावलीमा ‘स्थानीय तहको प्रमुख, उपप्रमुखले राजीनामा दिए, देहान्त भएमा उपनिर्वाचन गर्न सक्ने छ’ भनिएको तर निर्वाचन हुनेछ नभनिएकाले निर्वाचन नै हुन्छ हुँदैन यकिन भन्न नसकिने अवस्था रहेको जिल्ला निर्वाचन आयोगका प्रवक्ता शान्तिबहादुर अधिकारीले बताए । उनले भने, ‘अरू स्थानीय तहको पनि उपनिर्वाचन गर्नुपर्ने होला । सरकारले जे निर्देशन दिन्छ सोहीअनुसार तयारी गर्ने हो । निर्वाचनका लागि सरकारले समन्वय गर्नुपर्छ । आयोगले मात्र गरेर हुँदैन ।’ उनले उपनिर्वाचन चाँडो गर्न स्थानीय तहले नै सरकारलाई दबाब दिनुपर्ने बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending