Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

मुटु उपचारको बजेट रोकियो

नेपालगन्ज । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षदेखि भेरी अञ्चल अस्पताललाई उपलब्ध गराउँदै आएको मुटु उपचार बजेट रोकेको छ । औषधि अभावले बिरामीको उपचारमा बाधा पुगेको छ । आर्थिक अवस्था कमजोर भएका बिरामी महँगो औषधि किन्न नसक्दा सास्ती खेप्न बाध्य छन् । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - चिकित्सक र स्वास्थ्यकर्मी पारिश्रमिकबाट वञ्चित छन् । अञ्चल अस्पतालमा दुई वर्षअघि क्याथ ल्याब जडान भएपछि एन्जियोग्राफी परीक्षण सेवा सुरु गरिएको थियो । उक्त सेवाका लागि अर्थ मन्त्रालयले चार वर्षसम्म वार्षिक एक करोड ७५ लाख रुपैयाँ उपलब्ध गराउने सहमति छ । मन्त्रालयले चालु वर्षका लागि आउनुपर्ने बजेट रोकेको हो । कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. कृष्ण अधिकारी र डा. विपिन आचार्यसहित १५ स्वास्थ्यकर्मी कार्यरत छन् । ‘नयाँ आर्थिक वर्षमा बजेट रोकिएपछि मुटुरोगीको उपचारमा चुनौती थपिएको छ । आवश्यक पर्ने औषधि बाहिरबाट किन्नुपर्ने बाध्यता छ,’ डा. आचार्यले भने, ‘सरकारी अस्पतालमा मुटु उपचार गर्न आउने गरिब हुन्छन् । अझ अहिले बजेट रोकिएको सुनेको छु ।’ यसअघि पनि ढिलो गरी आउने गरेको थियो । उनका अनुसार अञ्चल अस्पताल एक वर्षमा ८० हृदयघात भएका बिरामीको ज्यान जोगाउन सफल भएको छ । डेढ सयभन्दा बढीको उपचार भएको छ । ‘यस्तो संवेदनशील क्षेत्रको बजेट सरकारले तत्काल पठाएन भने उपचारमा समस्या हुन्छ,’ उनले भने । ६ करोड ५० लाख खर्च गरेर क्याथ ल्याब जडान भएपछि एन्जियोग्राफी परीक्षण र पेसमेकर राख्न थालिएको थियो । अस्पतालले ०७३ सालदेखि मुटुसम्बन्धी बहिरंग सेवा सञ्चालन गरेपछि बिरामीले उपचार पाएका छन् । अञ्चल अस्पताल प्रमुख डा. प्रकाश थापाले बजेटबारे केन्द्रमा सम्पर्क गर्दा भुलबस मुटुरोग उपचार शीर्षकको बजेट छुटेको जवाफ पाएको बताए । ‘किन बजेट आएन भनेर सोधिसकेका छौँ । भुलबस छुटेकाले बजेट पठाउने आश्वासन पाएका छौँ,’ उनले भने, ‘चार वर्षका लागि भएको सहमतिअनुसार पनि बजेट पठाउँनैपर्ने हो ।’ उक्त अस्पतालले काठमाडांैस्थित गंगालाल अस्पतालसँग सहकार्य गरेर क्याथ ल्याब जडान गरी सेवा सुरु गरेको थियो । उपचारका लागि आउने मुटुरोगीमध्ये करिब ७० प्रतिशत उच्च रक्तचापसँग सम्बन्धित छन् । यस्तै जन्मजात मुटुको समस्या भएका, मुटुको चाल गडबडी भएका, मुटुको वरिपरि पानी जमेका र मुटुको बाथ रोगसम्बन्धी समस्या भएकाहरू उपचारका लागि आउने गरेको चिकित्सकले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending