Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

चार अर्बको घिउ बिकेन, यस्तो छ कारण

काठमाडौं । डेरी उद्योगले उत्पादन गरेको करिब चार अर्ब रुपैयाँको घिउ बिक्री नभएपछि उद्योगी चिन्तित भएका छन् । न्यून बिजकीकरण र चोरी पैठारी भएर भारतबाट आयात भएको घिउसँग प्रतिस्पर्धा गर्न नसकेपछि घिउ बिक्री नभएको डेरी सञ्चालकको भनाइ छ। आजको नागरिक दैनिकमा यो खबर छ - करिब चार अर्ब रुपैयाँको घीउ बिक्री नभएपछि स्टक रहेको नेपाल डेरी एसोसिएसनले जनाएको छ । घिउ बिक्री नहुँदा किसानलाई दिने भुक्तानी समेत रोकिन थालेको एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए । ‘चार अर्ब रुपैयाँको घिउ बिक्री नहुँदा किसानको भुक्तानी पनि रोकिएको छ,’ उनले भने, ‘भारतबाट रामदेवलगायत विभिन्न ब्रान्डको घिउ निकै सस्तो मूल्यमा आयात भएपछि समस्या आएको हो।’ सापकोटाका अनुसार भारतमै प्रतिकिलो साढे पाँच सय भारु ९आठ सय रुपैयाँ० मा बिक्री भैरहेको रामदेवको घिउ नेपालमा आठ सय रुपैयाँमा बिक्री भइरहेको छ । ‘भन्सारमात्र ३० प्रतिशत जोड्दा ११ सय रुपैयाँ बढी हुन्छ,’ उनले भने, ‘तर आठ सय रुपैयाँमा कसरी बिक्री गरिरहेको छ रु व्यवसायीका अनुसार करिब ४० लाख किलो घिउ स्टक छ । दुग्ध विकास संस्थानसँग मात्र करिब चार लाख किलो बटर स्टक छ । स्वदेशी घिउ मूल्य घटाएर आठ सय रुपैयाँ किलोमा बेच्न सक्ने अवस्थामा नरहेकाले समस्या परेको सापकोटाले बताए । ‘आठ सय रुपैयाँ किलोमा बिक्री गर्दा लागत मूल्य नै उठ्दैन,’ उनले भने ।विदेशबाट आयात हुने घिउले राजस्व छलेको हुन सक्ने व्यवसायीको दाबी छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending