श्रावण १९ गते, २०७५ शनिवार 4th August, 2018 Sat०९:३१:०५ मा प्रकाशित
तुलसीपुर। पानीको समस्या समाधान गर्न घोराही उपमहानगरपालिका यो वर्ष अभियानकै रुपमा पानी संरक्षणमा लागेको छ । पानीका मुहान जोगाउने र वर्षाको पानीलाई खेर जान नदिन यस्तो अभियान थालिएको हो ।
उक्त अभियानबाट जलवायु परीवर्तनको असर न्युनीकरण गर्न र वातावरणीय सन्तुलन राख्नुका साथै किसानको जीवनस्तरमा समेत सहयोग पुग्ने उपमहानगरपालिकाको अपेक्षा छ ।
उक्त उपमहानगरपालिकाले एक दर्जन कृत्रिम जलाशय बनाएको छ । यी जलाशयले स्थानीय किसानलाई बेमौसमी तरकारी खेतीदेखि माछापालनमा समेत सहयोग मिलेको छ ।
सो उपमहानगरपालिका–१७ आरोग्य टोलका अधिकांश किसानले धान रोपाइ सकिसकेका छन् । सिँचाइको पानी नलाग्ने एकाध स्थानबाहेका अन्यत्र यस्तै जलाशयको उपयोगले धानखेतीमा समेत प्रत्यक्ष फाइदा पुगेको उनीहरूले बताए ।
स्थानीय किसानले त्यसलाई आमा जलाशय पनि भनेका छन् । कृत्रिम जलाशयमा वर्षभरि जम्मा भएको पानीले अहिले आरोग्य टोललगायतका विभिन्न टोलमा गरी ५० विगाहा बढी जमिनमा ती जलाशयकै पानीबाट धान रोपिएको आरोग्य कृत्रिम जलाशय व्यवस्थापन समितिका अध्यक्ष हिरामणि पोखरेलले बताउए । ताल निर्माणसँगै किसानलाई वर्षे तथा हिउँदे खेती गर्न समेत सुविधा भएको उहाँको भनाइ थियो ।
सिँचाइसँगै तालमा पानी जम्मा हँुदा गाउँमा अहिले इनारसमेत सुक्न छाडेको आरोग्य टोलकै प्रकाश ज्ञवालीले बताउनुभयो । पहिलेका वर्षमा हिउँदे याममा स्थानीयलाई पिउनेपानीको समेत समस्या हुने गरेकामा पछिल्लो समय इनार सुक्न छाडेको ज्ञवालीले बताए ।
टोल विकास संस्थाले पोखरीमा माछापालन गरेर आर्थिक आम्दानीसमेत गर्दै आएको छ । ज्ञवालीका अनुसार आरोग्य टोल विकास संस्थाले यस आर्थिक वर्ष तालबाट करीब रु ५० हजारको माछा बिक्री गरेको छ । उक्त रकम ताल संरक्षणसँगै टोल विकास संस्थाले उपयोगमा ल्याउने गरेको छ । ताल निर्माण वरपरको वातावरण हरियाली हुनुका साथै गाईभैँसीलाई पानी खुवाउन समेत सहज भएको छ । ताल करीब रु आठ लाखको लगानीमा निर्माण गरिएको थियो ।
त्यस्तै वडा नं १८को सालघारीमा पनि करीब २५ विगाहा जमिनमा धान रोपाइँ गरिएको स्थानीय फलबहादुर रेश्मीमगरले बताउनुभयो । कृत्रिम जलाशय निर्माणसँगै किसानलाई खेती गर्न सहज भएको उहाँले जानकारी दिए ।
कृत्रिम जलाशयकै निर्माणका क्रममा गाउँमा सडक सुविधा पनि पुगेको यहाँका बासिन्दाले बताए । पानीको स्रोत सुक्दै गएपछि उक्त उपमहानगरपालिकाले सुरुवात गरेको कृत्रिम जलाशय निर्माण गर्ने अभियानले पछिल्लो समय पानीको स्रोतको संरक्षणसँगै कृषि व्यावसायमा सिँचाइको समेत सुविधा पुग्ने गरेको उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए ।
“सुक्दै गएको पानीको स्रोत संरक्षण गर्ने उद्देश्यले कृतिम जलाशय निर्माणको कार्य थालनी गरेका थियौँ” प्रमुख चौधरीले भने, “पानीको मुहान संरक्षणसँगै किसानलाई खेतीमा सहयोग मिलेको छ ।”
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: