Ntc summer Offer
Khabar Dabali १७ पुष २०८१ बुधबार | 1st January, 2025 Wed
Investment bank

धर्मधाममा पर्यटकीय आकर्षण

चितवन । रत्ननगरस्थित जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’ पर्यटकीय आकर्षणको केन्द्र बन्न थालेको छ । आकर्षक कलाशैलीमा निर्माण भएकाले धर्मधाममा पर्यटकको आकर्षण बढेको हो । यो जिल्लाकै नमूना मन्दिरको रुपमा परिचित छ । मन्दिरमा अन्य जिल्लाका धार्मिक पर्यटकको पनि पनि भिड लाग्ने गरेको धर्मधामका अध्यक्ष श्याम बरालले जानकारी दिए । उहाँका अनुसार दैनिक कम्तिमा २०० देखि बढीमा ५०० सम्म धार्मिक पर्यटकहरु मन्दिर घुम्न आउँछन् । रत्ननगर नगरपालिका–११ जिरौनामा झण्डै रु सात करोडको लागतमा बनेको उक्त धर्मधाम गत फागुन ८ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको थियो । विसं २०२४ मा यहाँ मन्दिर स्थापना भएको थियो । १५ कठ्ठा क्षेत्रफलमा रहेको धर्मधामको पुरानो मन्दिरको स्तरोन्नति गरी सुन्दर र आकर्षक बनाइएको छ । “सुनेको थिएँ, आज घुम्न पाउँदा आनन्द लाग्यो, चितवन पर्साका सागर श्रेष्ठले भन्नुभयो, मन्दिर र मूर्तिको नमूनाले मनै लोभ्याइर्न्।” उनीसँगै आउनुभएकी दिदी सम्झना श्रेष्ठले पनि मन्दिर देख्न पाउँदा हर्षित देखन् । धर्मधामलाई पृष्ठभूमिमा पारेर उनीहरूले कहिले संयुक्त फोटोमा सेल्फी त कहिले एक अर्काको फोटो खिचे । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यस्थल चितवनको सौराहाबाट झण्डै नौ किलोमिटर टाढा पर्छ धर्मधाम । धर्मधामका अध्यक्ष श्याम बरालले दशकौँदेखिको मुठीदानले सपना साकार भएकामा खुशी व्यक्त गरे । मन्दिरमा सोमबार र शनिबार भक्तजन र पर्यटकको भीड नै हुन्छ । साउनको सोमबार भने झन् बढी आउने गरेका छन् । धर्मधाम मन्दिर अत्याधुनिक नमूनाका साथै सुन्दर पनि छ । वृद्धाश्रम, यज्ञमण्डप, भोजनालय, उद्यानसहितको मनोरम दृष्यका साथै आकर्षक द्वार पनि मन्दिरबाट देख्न सकिन्छ । मन्दिर वरिपरि विभिन्न देवीदेवताका सुन्दर मूर्ति छन् । चितवनमा पाइने दुर्लभ एकसिंगे गैंडाको आकर्षक चित्र पनि यहाँ राखिएको छ । मन्दिरभित्र राधा र कृष्णको आकर्षक कलाशैलीका मूर्ति निर्माण गरिएको छ । आधुनिक तर परम्परागत रुपमा कुँदिएका झ्यालढोका, स्वर्णिम रङका भित्ता र कलात्मक टुँडालले धर्मधामको शोभा बढाएको छ । सुनको छानोझैं देखिने गजुरले झन् त्यसमा शोभा थपेको छ । कृष्णले बृन्दावनमा संगीसँग खेलेका दृष्य समेत कुँदिएको छ । हालसालै मात्र धर्मधाममा रु सात लाख ७५ हजारको लागतमा सत्संग भवन निर्माण गरिएको छ । यसमा दैनिकजसो सत्संग हुने गरेको श्रीकृष्ण प्रणामी युवा परिषद्का केन्द्रीय सदस्य जगदिशचन्द्र शर्माले बताउए । मन्दिर देशकै नमूना भएको दावी शर्माको थियो । स्थानीय उर्मिला खड्का पनि दैनिकजसो नै मन्दिरमा आएर पुजाआजा गर्नुहुन्छ । “मन्दिरमा आउँदा आनन्द महसुस हुन्छ”, उनको प्रतिक्रिया थियो । दैनिक कथावाचन र आरतीले धार्मिक आस्था भएकालाई खुशी तुल्याएको छ । बिहीबारदेखि यहाँ एक महिने वितक कथा ९कृष्ण कथा बाचन समेत शुरु भएको छ । रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दवाडीले पर्यटन मन्दिरको रुपमा स्थापित धर्मधामले रत्ननगरको पर्यटन विकासमा सहयोग पुगेको प्रतिक्रिया दिर्इन् । आध्यात्मिक चिन्तनले मानिसलाई सकारात्मक बन्न प्रेरित गर्ने उनको भनाइ थियो । प्रदेश नं ३ को प्रदेशसभा सदस्य कञ्चन खनालले धर्म र राजनीतिको उद्देश्य समाज विकास र सुधार नै भएकाले यी दुईको फ्यूजन गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उक्त धर्मधामको गत फागुन ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy