Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

भिडाल भित्र्याउँदै बार्सिलोना

बार्सिलोना । स्पेनिस पावर हाउस बार्सिलोनाले चर्चित मिडफिल्डर अरतुरो भिडाललाई टोलीमा अनुबन्ध गर्ने तयारी गरेको छ । चिलीका मिडफिल्डर भिडाललाई खर्चिएको रकमबारे बार्सिलोनाले भने खुलाउन चाहेको छैन । यद्यपि बायर्न म्युनिखका मिडफिल्डर भिडाललाई बार्सिलोनाले अनुबन्ध गर्न २० मिलियन युरो खर्चिएको समाचारमाध्यमले जनाएका छन् । अाजकाे अन्नपुर्ण पाेष्ट दैनिकमा याे खबर छ - स्पेनिस पत्रिका मार्काका अनुसार बार्सिलोनाले भिडाललाई २० मिलियन युरोमा भित्र्याएको उल्लेख गरेको छ । बार्सिलोनाले उनलाई तीनवर्षे सम्झौता गरिसकेको समेत उल्लेख गरिएको छ । ३१ वर्षीय भिडालले बार्सिलोनामा केही दिनमै मेडिकल परीक्षण गर्ने र बार्सिलोनाबाट खेल्ने पनि मार्काले खुलासा गरेको छ । भिडाल सन् २०१५ मा बायर्न म्युनिखमा अनुबन्ध भएका थिए । उनी इटालियन क्लब युभेन्टसबाट बायर्नमा पुगेका थिए । तीन वर्ष बायर्नमा बिताएका भिडाल बायर्नका हतियार नै थिए । भिडाल बार्सिलोना गएको कुरालाई बायर्नले समेत पुष्टि गरेको छ । ‘भिडाल महत्र्वपूर्ण खेलमा टोलीलाई काम लाग्ने खेलाडी हुन् । उनमा टोलीलाई कठिन अवस्थामा खेल फर्काउन सक्ने क्षमता छ । हामी उनको सुनौलो भविष्यको कामना गर्छौं’, बायर्नका कार्यकारी अधिकृत कार्ल हेइन्ज रुमेनिजले भनेका छन् । भिडालको उपस्थितिमा बायर्नले तीनवटै सिजनको लिग उपाधिसहित एक जर्मन कप र दुई जर्मन सुपर कप जितेको छ । बार्सिलोनाले पनि भिडालको आगमन टोलीका लागि महत्वपूर्ण हुने उल्लेख गरेको छ । सन् २००७ देखि चिली राष्ट्रिय टोलीका भरपर्दा खेलाडी भिडालले राष्ट्रिय टोलीबाट एक सय खेल खेलिसकेका छन् । ती खेलमा उनको गोलसंख्या २४ पुगेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy