Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

चितवनका कालिकावासी भन्छन् -मरिगए काउले फर्कँदैनौँ

रत्ननगर। भित्तो लिपेको माटो उप्केको छ, बारेको बाँसका भाटा कुहिएका छन् । सामान्य बाछिटा आउँदा पानी अगेनासम्म पुग्छ । जेनतेन ऋणपान गरी किनेर ल्याइएको त्रिपालले रिङ्गै बारिए पनि पानी रोक्न मुश्किल हुन्छ । त्यही पनि कुहिन थालेको छ । छानाबाट पानी चुहिन्छ । पानी पर्दा हिलाम्मे हुन्छ । यो चितवनको शक्तिखोरस्थित जुटपानी चौरको अस्थायी आश्रयस्थलमा बसेका भूकम्पपीडितको समस्या हो । भूकम्पपछि विकट साविक काउले गाविस–८ को गोछिवाङ असुरक्षित भयो भनी उनीहरुलाई यहाँ सारिएको थियो । स्थायी बसोवासको पर्खाइमा बसेको महीनौंँ बितिसक्यो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुरानै गाउँ सुरक्षित छ भनेर उनीहरुलाई फर्कन भनेपछि भूकम्प प्रभावितहरू दङ्ग परेका छन् । “सरकारले कतै स्थायी बासस्थान बनाइदेला भन्या त, पुरानै ठाउँमा पो जा भन्छ, त्यही ठाउँ पहिले असुरक्षित भनेर हामीलाई यहाँ किन ल्यायो, फेरि त्यही ठाउँ सुरक्षित भनेर किन जा भन्छ ?” भूकम्पपीडित बलबहादुर विक प्रश्न गर्छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी मानबहादुर विकको पहलमा स्थानीय प्रशासनले सबैभन्दा पहिले गोछिवाङ गाउँका २४ घरधुरीलाई शक्तिखोरस्थित जुटपानी (हाल कालिका नपा ८)मा सारेको थियो । उक्त गाउँका सबै घर भूकम्पले क्षति पु¥याएको थियो । घरले थिचेर वृद्धा सुवर्णमाया विकको ज्यान नै गएको थियो । पहाड चिरिएको र गाउँ पछाडिको पञ्चचुलीबाट पहिरो खस्न थालेकाले बस्ती जोखिममा रहेको भन्दै तत्कालीन समयमा विपद् व्यवस्थापन समितिले बस्ती सारेको थियो । “भूकम्पले गाउँका बारीका पाटामा धाँजा फाटेको र पहाडै चिरिएको थियो”, भूकम्पपीडित प्रेमबहादुर विक भन्नुहुन्छ, “सरकारले आफँैंले छानबीन गरेको काम फेरि अहिले आफैंँ फेल खाने गरी कसरी निर्णय भयो १”, विक आश्चर्य प्रकट गर्छन । कुनै पनि हालतमा पुरानो ठाउँमा नफर्कने ती २४ घर भूकम्पपीडितको अडान छ । कुनै ठाउँमा पक्की घर बनाएर सरकारले नै व्यवस्थापन गर्नुपर्ने माग राखेर उनीहरुले पटक पटक प्राविधिकारण भरतपुरस्थित कार्यालयमा गुनासो राख्न पुगे पनि समस्या समाधान भएको छैन । यसअघिको पुनःनिर्माण प्राधिकरण आयोजना व्यवस्थापन कार्यालय चितवनका प्रमुख राजेन्द्र कार्की इञ्जिनीयरहरुले गोछिवाङलाई सुरक्षित बस्ती भनेर सिफारिश गरेको बताउछन् । पुनःपरीक्षण गर्ने भनेर प्रस्ताव गर्दा उनीहरुले बस्तीमा फर्कर्ने निर्णय चाहिँ आफूहरुले नमान्ने बताएको अनुभव कार्की सुनाउछन् । यसअघि सरकारले घर निर्माणका लागि दिइने रु तीन लाख अनुदान कार्यक्रमको हकदार भने उनीहरु बनेका छन् । पहिलो किस्तावापतको रु ५० हजार धेरै भूकम्पपीडितले लिएका छन् । दोस्रो किस्ता लिनका लागि घरको जग बनाउनुपर्छ । अहिले कुनै काम नभएकाले उनीहरुले अरु किस्ता पाउनसकेका छैनन् । “तीन लाखको हकदार चाहिंँ बनिहाल्नुस् भनेर भनेपछि हामीले पहिलो किस्ता लिएका हौंँ, नत्र लिने थिएनौँ ”, बलबहादुर विक थप्छन्, “कि घर चाहियो नत्र हामी यो ठाम छाड्दैनौंँ, मरिगए काउले जाँदैनौँ ।” स्थानीय तेजप्रसाद विक त्यस बेला चिरिएको जग्गा अहिले सबै बाढीले पुरेको जिकिर गर्छन् । त्यस बेलाको घटना हेर्नेलाई मात्रै पीडा थाहा हुने उहाँको तर्क छ । बयासी वर्षीया श्रीमाया विक आँखै अगाडि घरले थिचेर सौता सुवर्णमायाको ज्यान गएको सम्झन्छन् । “अहिले त्यहीँ ठाउँ फर्केर जा भन्दा कसरी जानू रु” विक दुःख पोख्छन् । उनलाई अहिले गाउँलेले अब यहाँ सरकारले बस्न दिंँदैनन् अरे भनेर सुनाउँछन् । “त्यो सुन्दा आजभोलि रुनुप¥या छ, त्यो ठाउँमा चाहिँ जाँदैनौंँ, कसैले हल्लाएर हामी हल्लिँदैनाँैँ ।” अहिले जुटपानीका २४ घर अस्थायी आश्रयस्थलमा रहेका भूकम्पपीडितमध्ये केही आरन चलाएर जीविकोपार्जन गर्छन् भने केही वेल्डिङ र वायरिङको काम गर्छन् । केही ज्याला मजदूरी गरी जीवन गुजार्दै आएका छन् । चितवनमा १०२ भूकम्पपीडितलाई स्थानान्तरणको निर्णय भए पनि अहिलेसम्म ५२ घर मात्रैको स्थानान्तरण प्रक्रियामा गएको छ । प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० कार्यालय चितवनका इञ्जिनीयर सुजन नेपाल सुरक्षित स्थान भनेर आएकाहरुले पुरानै ठाउँमा गएर घर बनाउनाको विकल्प नभएको बताउछन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending