Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

त्यो दिन अर्घाखाची पार्कमा सचिन नदेखिएका भए...

खबरडबली संवाददाता

काठमाडौं । सामाजिक सञ्जालमा फैलिइनुअघि गाउँघरका पाखा, पखेरातिर आफ्नो बालापन बाँचिरहेका थिए सचिन परियार । मामली गाउँमा पढ्दै रमाइरहेका उनी कान्छी आमा ल्याएर बसेका बुबालाई भेट्न स्कुल बिदाको समयमा गुल्मीको तम्घास पुग्थे । केही समय बुबासँग बस्थे अनि स्कुल लाग्न थालेपछि मामली गाउँतिर फर्किन्थे ।

पाएसम्म आफू समान उमेरका साथीहरूसँग खेल्थे, नपाए एक्लै नाच्दै, गुनगुनाउँदै दौडिन्थे । गाउँको हावापानीमा स्वस्थ देखिन्थे उनी । यद्यपि, उनी ‘भेन्ट्रिकुल सिस्ट’ नामको दुर्लभ किसिमको ब्रेन ट्युमरका साथ जन्मिएका थिए, जुन हिजो बिहीबार उनको मृत्युको कारण बन्न पुग्यो ।

चिकित्सकका अनुसार, बेलैमा पहिचान भई उपचार गराएको भए उनको यो रोग निको हुन सक्थ्यो ।  जे होस्, सोसल मिडियामा ‘भाइरल’ हुनुअघि सचिनले आफ्नो बालापन खुलेर बाँच्न पाएका थिए । बालखमै व्यस्त र सकसपूर्ण दैनिकी उनीबाट टाढा थियो । तर, एक दिन उनको जीवनमा सोसल मिडिया पस्यो, अनि उनीबाट बालापानसँगै धेरै कुरा खोसियो । जस्तो कि, उनको खुसी, आफ्नो उमेरको आवश्यकता, आफू रमाउने गाउँले परिवेश, विद्यालय, आफन्त इत्यादि । 

त्यो दिन सचिन नदेखिएका भए.....

कोभिड- १९ महामारीको सन्त्रासले २०७७ सालको सुरुतिर स्कुलहरू बन्द थिए । गुल्मी तम्घासको अर्घाखाँची पार्कमा आफ्नै सुरमा खेलिरहेका थिए, सचिन ।

ठट्टा गर्दै बोल्ने मौलिक शैली, जानीनजानी निसंकोच गाइदिने यी अबोध एकदिन कुनै टिकटकरको क्यामेरा फ्रेममा परे । त्यो दिन कसैले उनको भिडियो नखिचेको हुन्थ्यो भने, खिचे पनि त्यो भिडियो टिकटकमा पोस्ट नगरिदिएको हुन्थ्यो भने सचिनको जीवनकथा अर्कै पनि हुन सक्थ्यो । 

तर, त्यो भिडियो टिकटकमा पोस्ट भएसँगै सुरु भए, सचिनका दुर्दिन । भलै, सुरुवाती समय उनकै पक्षमा देखिएको किन नहोस् । तर, उनका लागि त्यो बर्बादी र दुर्दशाको सुरुवात बिन्दु थियो । यसरी भिडियो खिच्नेको उद्देश्य गलत नै थियो भन्न त मिल्दैन । तर  भिडियो फैलिएसँगै युट्युबरहरूको नजर उनीतिर सोझियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘सुकुमबासी’को नाममा सेज कब्जा : ५ सय बिघा खाली गराउन संघको कडा निर्देशन

बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत पर्ने सिमरा सेजको करिब ५ सय बिघा सरकारी जग्गा ‘सुकुमबासी’को आवरणमा अतिक्रमणमा परेको भन्दै संघीय सरकारले...

सर्वोच्चमा सुकुमवासी बस्ती खाली गर्ने विषयविरूद्ध रिट दायर

काठमाडौँ । काठमाडौँका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।  ...

डोजर अघि, प्रक्रिया पछि सुकुम्बासी मुद्दामा सरकारमाथि प्रश्नैप्रश्न

काठमाडौं । सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट कानुनी बाटो हुँदाहुँदै सरकारले उल्टो बाटो समातेको आरोप बढ्दो छ। बालेन्द्र शाह नेतृत्वको सरकारले प्रक...

सुकुमबासी बस्तीमा त्रास र अन्योल: न हट्ने मन, न बस्ने आँट

काठमाडौं । थापाथलीको सुकुमबासी बस्ती शुक्रबार बिहान अस्वाभाविक रूपमा व्यस्त देखिन्थ्यो। कोही हतार–हतार सामान पोको पार्दै थिए, कोही गाडीमा लोड गर्दै, त...

हर्क–सुदन एकताको अन्तिम कसरत : पद बाँडफाँटको ‘ब्लूप्रिन्ट’ तयार

काठमाडौं । हर्क साम्पाङ र सुदन किराती बीचको राजनीतिक सहकार्य अब अन्तिम मोडमा पुगेको छ। पटक–पटकको संवादपछि दुवै पक्ष लगभग सहमतिमा पुगेका छन्, औपचारिक घ...

पूर्वमन्त्री बिक्रम पाण्डे पक्राउ

काठमाडौं। राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ...

काठमाडौँमा डोजर चल्ने हलाले कास्कीका २५ हजार परिवारको निद्रा हराम

पोखरा । काठमाडौँमा सुकुमबासी बस्ती हटाउने तयारीको खबर फैलिनासाथ कास्कीका बस्तीहरूमा एकाएक त्रास छाएको छ। वर्षौंदेखि सार्वजनिक जग्गामा टेकेर जीवन गुजार...

सार्वजनिक गर्‍यो सरकारले निजामती विधेयकको मस्यौदा (पूर्णपाठ)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको छ । संघीय मामिला तथा...

सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवा...

अनुशासन उल्लंघनको आरोपमा नानीमैया र चम्पादेवी परे राप्रपाबाट निलम्बनमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका दुई नेतृलाई अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेका छन् । केन्द्रीय सदस्य...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending