Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

बिमस्टेक सम्मेलनमा बुलेटप्रुफ गाडी र जामर भाडामा ल्याइने

काठमाडौं । गृह मन्त्रालयले चौथो बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा बुलेट प्रुफ गाडी र जामर भाडामा ल्याउने भएको छ । सुरक्षा निकायहरूसँग भएका साधनस्रोतसमेतलाई प्रयोग गर्नेगरी अपुग सवारी र जामर भारतबाट ल्याउने तयारी भइरहेको सम्मेलन व्यवस्थापन बैठकमा सहभागी एक सदस्यले बताए । यसका लागि परराष्ट्र मन्त्रालयलाई आवश्यक प्रक्रिया थाल्न पनि अर्थ मन्त्रालयले आग्रह गरिसकेको छ । अाजकाे काराेबार दैनिकमा याे खबर छ - प्रहरीसँग २ वटा जामर र ४ वटा बुलेटप्रुफ गाडी छन् । तर, नियमित रूपमा सञ्चालनमा नरहेका कारण आपतकालीन अवस्थामा समस्यामा पर्नसक्ने जानकारी प्रहरीले गराइसकेको छ । सम्मेलनका लागि २० वटा जीप, प्रतिगोटा ४० लाख पर्ने ६५० सीसीका ७४ वटा साइरन जडित मोटरसाइकल पनि किन्न प्रस्ताव गरेको छ । यस्तै, प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयसँग पनि १(१ वटा बुलेटप्रुफ सवारी छन् । सेना र सशस्त्रसँग भएका बुलेटप्रुफ सवारी पनि सम्मेलनमा प्रयोग गर्नुपर्ने प्रस्ताव अर्थ मन्त्रालयले गरेको छ । २०७१ मंसिर १० र ११ गते काठमाडौंमा आयोजना गरिएको दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन ९सार्क०को १८ शिखर सम्मेलनमा पनि भारतबाटै सवारी, जामर लगायतका वन्दोबस्तीका सामान ल्याइएको थियो । विमस्टेकमा सम्मेलनमा सहभागी हुने भारत, बंगलादेश, श्रीलंका, म्यानमार, भुटान र थाइल्याण्डका सरकार तथा राष्ट्रप्रमुखका लागि भारतबाट बुलेटप्रुफ गाडी र नेटवर्क कन्ट्रोल उपकरण (जामर) ल्याउने तयारी भएको गृह मन्त्रालयका अधिकारीले पनि जानकारी दिए । विश्व राजनीतिमा प्रभावकारी मानिएका सरकार तथा राष्ट्रप्रमुखहरू सम्मेलनमा आउन लागेकोले यसको सुरक्षित र प्रभावकारी व्यवस्थापनमा कुनै कसरत बाँकी नराखिने परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन् । बिमस्टेकको चौथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुँदै छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy