Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

स्क्रब टाइफस

काठमाडौँ । तीन वर्षअघिको महाभूकम्पपछि स्क्रब टाइफस रोग पनि हाम्रो मुलुकमा एक्कासि अस्तित्वमा आए जस्तो भयो । त्यस बेला सयभन्दा बढी बिमारी भए । कैयौँको मृत्यु पनि भयो । त्यसयता यो रोगले नेपालीलाई दु:ख दिइरहेको छ । अहिले फेरि टाउको उठाइरहेको छ । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - कुनै पनि समय यो संक्रमणले महामारीको रूप लिन सक्ने चेतावनीसमेत विशेषज्ञहरू दिइरहेका छन् । केही वर्षमै यो संक्रमण करिब–करिब मुलुकभरि नै फैलिइसकेको छ । सरकारको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार, सन् २०१८ को यो अवधिसम्म २७ जिल्लामा यो संक्रमण देखिसकिएको छ । सन् २०१६ मा यो संक्रमण ४८ जिल्लामा भेटिएको थियो । तीन वर्षयता यो संक्रमणले ३४ जनाको मृत्यु भएको सरकारी तथ्यांक भए पनि वास्तविक संख्या योभन्दा धेरै बढी हुन सक्ने विज्ञहरू दाबी गर्छन् । स्क्रब टाइफस एक प्रकारको जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ ले संक्रमित सूक्ष्म कीरा (माइट) को टोकाइका कारण फैलिन्छ । यो कीरा मुख्यत: खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा प्रजातिमा पाइन्छ । यो रोग उत्पन्न गर्ने ब्याक्टेरिया संक्रमित मुसाको पेटभित्रका प्वालहरूमा बस्छ । स्क्रब टाइफस केही वर्षअघि सुरु भएको रोग होइन । दोस्रो विश्वयुद्घताका समेत यो क्षेत्रमा संक्रमण देखिएको चिकित्सा तथ्यपत्रहरूमा उल्लेख रहेको औंल्याउँदै इपिडिमियोलजीका निर्देशक डा. विवेककुमार लाल हाम्रो मुलुकमा भुइँचालो आएपछि धादिङतिर बढी मात्रामा मुसा देखिन थालेसँगै यो संक्रमण जनसाधारणको ‘नोटिस’ मा आएको जनाउँछन् । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. वासुदेव पाण्डे हालको अवस्थामा यसले कुनै पनि बेला महामारीको रूप लिन सक्ने दाबी गर्छन् । टेकु अस्पतालकै डा. शेरबहादुर पुनका अनुसार, स्क्रब टाइफस रोग निदान नभएर मल्टिपल अर्गेन फेल्योर (विभिन्न अंगले काम गर्न छोड्नु), निमोनियालगायत विभिन्न जटिलताले मृत्यु हुनेहरू, सरकारी तथ्यांकको दाँजोमा, धेरै बढी छन् । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार एसियामा यो संक्रमणले बर्सेनि करिब १० लाख व्यक्तिलाई प्रभावित गर्ने गरेको छ । जटिलता यो जीवाणु हाम्रो शरीरमा फैलिएपछि फोक्सो, कलेजो, मस्तिष्कमा थुप्रै प्रकारका संक्रमण हुन थाल्छन् । यसले गर्दा संंक्रमित व्यक्ति मल्टी–अर्गन डिजअर्डर (धेरै अंगको समस्या) को अवस्थामा पुग्ने गर्छन् । बेलायतस्थित नेसनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार, स्क्रब टाइफसको उपयुक्त उपचार नगर्दा जटिलता देखिन सक्ने जोखिमसमेत रहन्छ । सधैँका लागि सुन्ने क्षमता गुम्नु, निम्न रक्तचाप हुनु, अंगमा क्षति पुग्नु, मृगौला फेल हुनु, निमोनियाजस्ता अर्को ब्याक्टेरियाबाट हुने संक्रमण देखिनु, छारे रोगको लक्षण देखिनु, थकान हुनु, मासु कुहिन थाल्नु जस्ता समस्या देखिन सक्ने एनएचएसले जनाएको छ । कति दिनमा रोग लाग्छ ? संक्रमित माइट/किर्ना/सूक्ष्म कीरा (छालामा बसेर चिलाउने रोग लगाउने परजीवी) ले टोकेको सामान्यत: ५ देखि १४ दिनसम्ममा रोगको लक्षण देखिने गर्छ । कसैकसैलाई लक्षण देखिन २० दिन पनि लाग्न सक्छ । कसले रोग सार्छ ? संक्रमित माइटले हामीलाई टोक्दा त्यसको र्‍यालमा भएको खतरनाक जीवाणु ओरिएन्टा सुसुगामुसी रगतमा फैलिन्छ । जापानी शब्द सुसुगाको अर्थ हुन्छ सानो र खतरनाक तथा मुसीको अर्थ हुन्छ माइट । करिब ०.२ मिलिमिटरदेखि ०.४ मिलिमिटर लामो किर्ना नै यो संक्रमणको वाहक र संग्रहकर्ता हो । यसलाई हामी आवर्धक सिसा (म्याग्निफाइङ ग्लास) वा सूक्ष्मदर्शक यन्त्रद्वारा देख्न सक्छौं । यो किर्नाको लार्भा अवस्थाले नै हामी र मेरुदण्ड भएका जनावरलाई रोग सार्न सक्छ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दैन । कसरी पत्ता लगाउने ? यो रोगको पहिचान बिरामीमा देखिएको लक्षण र सूक्ष्म कीराले टोकेको चिनोबाट पनि गरिन्छ । यसमा रगत परीक्षणसमेत गरिन्छ । यसअन्तर्गत लिभर फङसन टेस्ट, सीबीसी काउन्ट गरिन्छ । स्क्रब टाइफसको एन्टिबडी पत्ता लगाउन एलाइजा टेस्ट र द्रुत परीक्षणसमेत गरिन्छ । हाल हाम्रो मुलुकमा अधिकांश प्रभावित जिल्लाका असपतालहरूबाट द्रुत परीक्षण कीटका माध्यमले रोग पत्ता लगाउन सक्ने स्थिति रहेको डा. विवेक औंल्याउँछन् । यो वर्ष कहाँ–कहाँ भेटियो ? सरकारी तथ्यांकअनुसार यो वर्ष यो संक्रमण ललितपुर, सिन्धुपाल्चोक, गोरखा, झापा, बारा, रौतहट, पाल्पा, सर्लाही, चितवन, धादिङ, मकवानपुर, नुवाकोट, रामेछाप, बाग्लुङ, कास्की, स्याङजा, अर्घाखाँची, बाँके, बर्दिया, गुल्मी, कपिलवस्तु, नवलपरासी, प्युठान, रुपन्देही, दैलेख, बझाङ, कैलाली र बझाङमा भेटिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending